• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • २सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ३एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ४क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ५नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ६प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ७प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ८सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
logo
आज:  | Wed, 18, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

अक्षरका फूलहरु

अक्षरका फूलहरु
साहित्य
रमेश पौडेल
June 7, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    अहिले अरबको घाममा
    तालुको बिस्कुन सुकाएर
    न आत्था !! भन्न सक्छु
    पिडा फुकाएर ।

    सम्झन्छु
    मैले म्यानपावरमा
    अर्कै भाषा चाखेर
    आफ्नो भाषा बन्धकी राखेर आएको ।

    अनि
    पुर्खाले कुँदी कुँदी
    घाँटीमा काँटी ठोकी झुण्डाइदिएका
    इँटा जस्तै अनुप्रासका रास
    बेचेर नखानु काले भनेको बा ले ।

    नाकबाट तप्प तप्प पसिना झर्दा
    उक्त पसिना समुद्रमा मिसिंदै गर्दा
    थक्क थक्क लाग्छ
    थैली च्यातेर खर्च दिएको आमाले ।
    लेग्रो तानी तानी
    काखमा सिकेका भाखाहरु
    न घामले गाल्न सक्यो
    न पसिनाले पखाल्न सक्यो
    हृदयमा खोपिएका ट्याटुहरु
    श्लोक, सेलो र घाटुहरु
    र त !
    भाषाका टालाफाल्साहरु सिएर
    एक्लै बर्बराउदैछु आप्त बचन

    उहिल्यै देखि
    उत्तरी सिमाको बारमा
    टाउको टेकाएर
    चिसो ढाड घाममा सेकाएर
    हामीलाई ढल्केर हेर्ने जुगलको छाँया
    पाँचपोखरी र भैरबकुण्डको भित्र भित्र
    हल्लिरहेको चित्र झैं
    घुर्मैलो घुर्मैलो बन्दै मातृभाषा

    बिस्तार बिस्तारै
    खैनीको थुकसंगै पिच्च पिच्च झारिदै छ रे !
    मनैदेखि मारिदै छ रे !
    हाम्रा संस्कृत भाषामा गाँठो परेको संस्कार
    मातृभाषामा देखिएको संस्कार
    कात्रोमा गुटुमुटु छोपेर, ब्रम्हनालमा चोपेर
    चितामा चढाउन खोजेपनि
    कवितामा बौरेर, रद्रघण्टीमा दौडेर
    जीवनको पछिपछि आइरहेछन किन ?
    सरिगमले प्रेमध्वज पछ्याइरहेछ किन ?
    रेवतीरमण र देवीदत्तका पुस्तकका बासा
    धँइसो लागेको रुमालको गाँठो फुकाइरहेछन
    कालै भएपनि,
    अक्षरको फुल बिर्सनु भुल भन्थे बा ले

    भुकम्पले धाँजा फाटेको
    भत्कन आँटेको
    दुगुनागढीको डिलबाट
    इतिहाँस कराउँदैछ र अह्राउदैछ
    जुरेको पहिरोले पुरेको
    लाशको हड्डी छिम्केर
    क्रसर उद्योगले बेचेको बालुवा
    रित्तो लाग्ने घरको भित्तोमा
    दार्शनिकका खप्परका टुक्रा टुक्रा
    अझै टल्केका छन
    पाखापारीका जिलौटा सल्केका जसरी

    बा भन्दैथे
    छोरीहरुलाई पनि
    माया पिरतिको पिण्ड
    प्रकृतिको चिन्ह
    हाडमासुको थुप्रोमा
    नवरसका रंगिन आभाले
    पोतेकी छिन आमाले

    अझ !! के कारण,
    ब्याकरण पुरेर ओठमा
    लालीको लिउन लाँउदैछौ ?
    हेर ! छातीमा झुण्डिएका
    मासु पाछ्नेगरी हल्लिएका सुनका जन्तर भन्दा
    हृदयका अन्तरमा अक्षरका फूलहरु घुसार
    अनिमात्रै अनुहार मुसार ।
    हो, तिनै अक्षरका फूलहरु
    शीरमाथी सिउरिएर, अलिकति निहुरिएर
    हिँड्ने गरन काली, काले भन्थे बा ले ।

    त्यसैले होला
    सानामा ,कापीका पानामा
    उनेका शब्दका मालाहरु
    गलाभरी लाउन सकेको भए !
    यो जवानीमा
    इन्द्रावती र सुनकोशी बग्दैनथ्यो गालामा
    अनि फरिया फरक्क फर्काएर
    आँसु पुछ्दिनथिन मेरी आमा !                                                                                 – बाह्रबिसे , सिन्धुपाल्चोक ।

    साहित्य बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • हार्दिक बधाई ‘लट्टे दाइ’ हार्दिक बधाई ‘लट्टे दाइ’
  • जन साहित्यिक संघ सिन्धुपाल्चोककाे अध्यक्षमा पाैडेल जन साहित्यिक संघ सिन्धुपाल्चोककाे अध्यक्षमा पाैडेल
  • पैसा ठुलो हैन र ? पैसा ठुलो हैन र ?
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    समाचार
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑