
२९ जेठ २०७९
खाँडीचाैर ।
राष्ट्रिय जन साहित्यिक संघ जिल्ला शाखा सिन्धुपाल्चोककाे प्रथम सम्मेलनले कवि रमेश पाैडललाई सर्वसम्मतरुपमा संघको जिल्ला अध्यक्षमा चयन गरेको छ । त्यस्तै सम्मेलनले उपाध्यक्षमा शाेभा पाैडेल, सचिवमा दिपेन्द्र श्रेष्ठ , सहसचिवमा राेश्नी गाेले, काेषाध्यक्षमा लक्ष्मण तिमल्सिना र सदस्यहरुमा ठाकुरनाथ कुँइकेल, पारसनाथ आचार्य , रामबहादुर नेपाल , पदम बहादुर थामी र चेतनाथ पराजुली चयन भएका छन । सम्मेलनले जगन्नाथ आचार्य , डा. कृष्ण सुवेदी , साधुराम नेपाल , दिल कार्की र सरस्वती अधिकारीलाई सल्लाहकारमा छनाैट गरेको छ ।
राष्ट्रिय जन साँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीकाे प्रमुख आतिथ्यतामा खाँडीचाैर स्थित ग्रामीण महिला सिर्जनशील परिवारकाे सभाहलमा सम्पन्न जिल्ला सम्मेलनमा राष्ट्रिय जन साहित्यिक संघ नेपालका केन्द्रीय अध्यक्ष राम विनय , साहित्यकार एवं अधिकारकर्मी शान्ता मानवी , साहित्यकार एवं बाल अधिकारकर्मी डा. कृष्ण सुवेदी , साहित्यकार एवं सञ्चारकर्मी यशाेदा अधिकारी लगायतको उपस्थित रहेको थियोे । कार्यक्रममा स्रष्टाहरु सरस्वती अधिकारी , पारसनाथ आचार्य , रमेश पाैडेल, शिवप्रसाद पाैडेल, महेन्द्र तिमल्सिना , सिर्जना तामाङ , रामबहादुर नेपाल लगायतले आफ्नो रचना वाचन गरेका थिए । संघका तदर्थ समिति अध्यक्ष जगन्नाथ आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य साधुराम नेपालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सञ्चालन कवि दिल कार्कीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस