• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • २इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ३SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ४DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ५जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • ६पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ७ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
  • ८अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
logo
आज:  | Thu, 28, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
नयाँपानी खबर
नयाँपानी डेस्क
May 28, 2026 मा प्रकाशित (६ घण्टा अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक। नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट GPA हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

    कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवं शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो।

    कार्यक्रममा पालिकागत, जिल्लागत उत्कृष्ट GPA प्राप्त गरेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नगद सहित मेडल, सम्मानपत्र, खादा तथा बधाई ज्ञापन गरिएको थियो।  जिल्लाका अन्य उत्कृष्ट नतिजा ल्याउने १६ जना विद्यार्थीहरूलाई  सम्मानित गरिएको थियो।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताए ।

    त्यसैगरी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सिर्जनशीलता र नैतिक शिक्षातर्फ अग्रसर हुन प्रेरित गरे ।

    अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले विद्यार्थीहरूको सफलतामा अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकालाई सकारात्मक वातावरण दिनुपर्ने आवश्यकता औल्याए।

    सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा चालिसेले मन्तव्य राख्दै शिक्षक, अभिभावक तथा विद्यालयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको सफलतामा परिवार, शिक्षक र समाजको संयुक्त योगदान रहने धारणा व्यक्त गरे ।

    लेखनाथ भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो। कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका अध्यक्षहरू, पत्रकार तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए।

    नयाँपानी खबर बाट थप

  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने

    समाचार
    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑