दुवाचौर । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेस्ट) ले अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा आज शैक्षिक सामग्री –झोला, कापी, कलम, सिसाकलम, जेमेट्री बस्क, इरेजर, स्वीटर, ड्रेस कपडा,सिलाई ज्याला र अभिभावक सहयोग वितरण गरेको छ ।
आज मेलम्ची नगरपालिका भित्रका बालसुधार मावि, जलवाईदेवि मावि, लाभगाउँ आधारभूत विद्यालय, ज्योति भञ्ज्याङ आधारभूत विद्यालयमा सामग्री वितरण सम्पन्न भएको छ । श्री बाल सुधार माविमा आयोजित कार्यक्रममा मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङले रेष्टले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर रुपमा सहयोगको अपेक्षा गरे ।
रेष्टले सिन्धुपाल्चोकमा २०५७ सालबाट निरन्तर काम गर्दै आइरहेको संस्थाका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराइले जानकारी दिए । मेलम्ची तथा इन्द्रावतीका अन्य विद्यालयमा २३ गते सम्ममा वितरण गरिने उनले बताए । जिल्लामा १०५९ जनालाई यस वर्ष शैक्षिक सहयोग गर्ने तयारी रहेको कार्यक्रम प्रबन्धक सुरक्षा ढुंगेलले जानकारी दिए ।
रेष्ट केन्द्रीय कार्यालयका SGT कार्यक्रम प्रबन्धक सुरक्षा ढुंगेलले सहयोगको उचित उपयोग गर्न विद्यार्थीलाई आग्रह गरे । शैक्षीक सहयोगको अलावा रेष्टले पैरवी, विद्यालय अतिरिक्त क्रियाकलाप सहयोग, रेस्ट सहयोग विह्यालयमा शुक्रबार फ्राइडे क्लास हुने गरेको छ जसमा बालिकाहरूलाई चेलीबेटी बेचबिखन, साइबर क्राइम, पत्रु खाना, बालश्रम शोषण लगायत विषयमा जानकारी दिने गरेको छ।

प्रतिक्रिया दिनुहोस