• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • २ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ३सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ४इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ५मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ६हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ७उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ८नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
logo
आज:  | Mon, 11, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
नयाँपानी खबर
नयाँपानी डेस्क
April 11, 2026 मा प्रकाशित (१ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची ।

    मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्ये समग्रमा ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।

    नगरपालिकाका अनुसार कुल ५ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ४ सय ५३ जना उत्तीर्ण भएका छन् भने १ सय १८ जना अनुत्तीर्ण भएका छन्। नतिजाले नगरभित्रको शैक्षिक अवस्थाको समग्र चित्र प्रस्तुत गरेको छ।

    नतिजा अनुसार केही विद्यालयहरूले शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ३० विद्यालय मध्य ११ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

    मेलम्ची १० का दुवै विद्यालय शितलादेवी माध्यमिक विद्यालय र भुमेस्थान आधारभुत विद्यालयले राम्रो जिपिए सहित सत प्रतिशत उतिर्ण नतिजा ल्याउन सफल भएको छ। गत बर्ष एस ई ई परीक्षामा सितलादेवीले नगरको सामुदायिक बिद्यालय मध्य सत प्रतिशत नतिजा ल्याएको थियो ।

    सरस्वती माध्यमिक विद्यालय,जाल्पदेवी माध्यमिक विद्यालय, हैबुङ महादेवस्थान माध्यमिक विद्यालय, थानाभन्ज्याङ आधारभूत विद्यालय, जलवाइदेवी माध्यमिक विद्यालय, सातकन्या माध्यमिक विद्यालय, क्यौलेठाना आधारभुत विद्यालय, प्रगति अंग्रेजी माध्यमिक विद्यालय उच्च जिपिए र मेलम्ची कम्युनिटि माध्यमिक विद्यालयको राम्रो जिपिए सहित शत प्रतिशत नतिजा रहेको मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

    यता केही विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा कमजोर देखिएको छ, जसले शिक्षण सिकाइ प्रक्रिया सुधार गर्न थप ध्यान दिनुपर्ने संकेत गरेको छ। विशेषगरी कम उत्तीर्णदर भएका विद्यालयहरूमा विद्यार्थी सिकाइ उपलब्धि वृद्धि गर्न लक्षित कार्यक्रम आवश्यक देखिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले नतिजाको आधारमा आगामी दिनमा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास, तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।

    स्थानीय स्तरमै कक्षा ८ को परीक्षा सञ्चालन र मूल्याङ्कन गरिँदै आएकोमा यस वर्षको नतिजाले समग्र शैक्षिक सुधारतर्फ सकारात्मक संकेत दिएको सरोकारवालाहरूको भनाइ छ ।

    नयाँपानी खबर बाट थप

  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    समाचार
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑