• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

समृद्ध इन्द्रावती र अबको बाटो

समृद्ध इन्द्रावती र अबको बाटो
बिचार / विश्लेषण
बुद्धि प्रसाद आचार्य
June 3, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक जिल्लाकाे मध्य भागमा अवस्थित इन्द्रावती गाउँपालिका उसै पनि जिल्लाकाे बिशिस्ट पहिचान बाेकेके पालिका हाे । माैसम र उब्जनीका हिसाबले तराईसंग तुलना गर्न सकिने भिमटारकाे उर्वर र समथर भु भाग देखि नाैलिङ्गकाे हिउँ पर्ने लेक सम्म फैलिएको इन्द्रावती गाउँपालिका तुलनात्मक हिसाबले जिल्लाका अन्य पालिका भन्दा कम प्राकृतिक जाेखिम भएको पालिका पनि हाे । प्रयोग गर्न जान्ने हाे भने आन्तरिक स्राेत साधन समेत प्रशस्तै जुटाउन सकिने सम्भावना याे पालिका संग छ । वडा नं ५ काे पुछार बाहुनीपाटी आसपास देखि बिसदेउटार सम्म फैलिएको इन्द्रावतीकाे बिशाल बगरबाट लिन सकिने आम्दानी देखि सिम्पाल काभ्रेको सिरान नाैलिङ्गेश्वर सम्मका जडिबुटी र पर्यटनबाट प्राप्त गर्न सकिने आम्दानीले इन्द्रावती गाउँपालिकालाई समृद्ध बनाउन अन्यत्र चाहार्नै पर्दैन तर स्थानीय सरकारसंग ती स्राेत साधन परिचालन गर्ने खुबी र इच्छाशक्ति भने अवस्य हुनुपर्छ ।

    २०७४ सालमा निर्वाचित गणतन्त्र पछिको पहिलो स्थानीय सरकारले आय आर्जन र राेजगारी सिर्जनामा उल्लेख्य प्रगति गर्न नसके पनि पुर्वाधार बिकास , बिद्युत, खानेपानी लगायतमा भने स्थानीय सरकारकाे अनुभुती दिलाउने गरि बिकासकाे जग हाल्ने कामकाे शुरुआत भने गरेकै छ । हुनत : समकालीन नेपाली राजनीतिले आफ्ना कार्यकर्तालाई असलीलाई असली र खराबलाई खराब भन्न सिकाएको छैन । आफ्नो पार्टीले जसाे गरेपनि राम्रो र अर्को पार्टीले जसाे गरेपनि खराब भन्नुपर्छ भन्नेमात्र सिकेका कार्यकर्ताले बिपक्षीले गरेको सबै काम गलत देख्छन् पनि हाेला । यद्यपि मेराे नजरमा पालिका कार्यालय देखि अधिकांश वडा कार्यालय समेत नभएर टिनको छाप्रामा सपथ खाएका गत स्थानीय तहका जनप्रतिनिधिहरुले याे पाँच बर्षे कार्यकालमा स्थानीय सरकारकाे ऐन, कानुन , नियमावली बनाउने देखि भाैतिक पुर्वाधार निर्माण सम्मका उल्लेख्य  काम गर्न सफल भएको भने छ । गाउँपालिका भवन, वडा कार्यालय भवनहरु, हरेक वडामा प्राथमिक स्वास्थ्य केन्द्र भवन , पालिका स्तरिय खेलमैदान , थुप्रै वडामा वडास्तरिय खेलमैदान , काठेपाेलमुक्त बिद्युतलाइन, वडा नं १० मा थाेरैभएपनि पालिकाकै पहिलो कालाेपत्रे सडक, भुकम्प स्मारक पार्क, थुप्रै वडामा एक घर एक धारा र हरेक घरसम्म सडककाे ट्र्याक खाेल्ने लगायतका कार्यहरु याे पाँच बर्षमा भएको देखिन्छ । हुनत यी यावत कार्यक्रममा स्थानीय सरकारकाे मात्रै उपलब्धि मान्न त सकिदैन किनभने अधिक रुपमा प्रदेश सरकार र थाेरबहुत संघीय सरकारले पनि यी याेजनामा बल पुर्‍याएका छन । तथापि निवर्तमान स्थानीय सरकारले पालिका भित्र भएका बिकास निर्माणका कार्यलाई हामीले गरेको भनेर दाबी गर्नुलाई अन्यथा भने मान्न सकिदैन ।

    गत स्थानीय तह निर्वाचन २०७४ मा जनताले दिएको पाँच बर्षे म्यान्डेटकाे समय सकिएको छ । २०७४ सालमा नेपाली कांग्रेसका नेता बंशलाल तामाङकाे नेतृत्वलाई पालिकाकाे साँचो बुझाएका नागरिकले यसपटक त्याे बेला उनैसंग पराजित एमालेका नेता झम्क नेपाललाई पालिकाकाे बागडोर सम्हाल्ने माैका प्रदान गरेका छन । त्याे समयमा जस्तो सपथ ग्रहण र कार्यभार सम्हालन छाप्रा तिर भाैतारिनु पर्ने अवस्था याे पटक छैन । पालिकाकाे आफ्नै आलिशान दरबार , कार्यकक्ष, भरिभराउ कर्मचारी , प्रविधि मैत्री र व्यवस्थित वडा कार्यालयहरु, गाडीघाेडा, ड्राइभर , पल्सर वाइक , पालिकाका ऐन, कानुन , नियम , नियमावली अनि त्यत्तिकै सक्षम र अनुभवी नेताकाे नेतृत्व  । समृद्ध इन्द्रावतीका लागि अन्तिम युद्धकाे पुर्ण तयारी छ । अब मात्र कुन बाटोबाट आफ्नो यात्रा तय गर्ने हाे साे पहिल्याउन जरुरी छ ।

    हुनत हामी जस्ता आम नागरिक र स- सानो सामाजिक अभियन्ताले दिएको सल्लाह सुझाव हाम्रो स्थानीय सरकारले सुन्ला वा नसुन्ला त्याे त आफ्नो ठाउँमा छ तर पनि समृद्ध इन्द्रावती बनाउनका लागि केही बिषयहरु प्राथमिकताका आधारमा बुँदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यी बिषयहरुकाे विस्तृतीकरण र कसरी यी विषयलाई बजेट र कार्यक्रममा एप्लाई गर्न सकिन्छ भन्ने कुरा आगामी अंकमा समेट्ने प्रयास गर्नेछु ।

    १) शैक्षिक अवस्थामा सुधार ( बजेट धेरै आवश्यक नपर्ने तर साेचमा परिवर्तन गर्नुपर्ने )
    २) कृषि र पशुपालन मार्फत स्वराेजगार सिर्जना ।
    ३) नागरिकको प्रत्यक्ष सहभागीतामा प्रतिवर्ष कम्तीमा ५० जनालाई राेजगारी सिर्जना गर्ने गरि स्थानीय स्राेत परिचालन गर्ने गरि उद्योग सञ्चालन । ( जस्तै वडा नं १ मा मिनिरल वाटर फ्याक्ट्री , वडा नं ८ ज्यामिरेमानेमा दुधसंकलन तथा पनिर उद्योग आदि । उदाहरणका लागि )
    ४) खानेपानी तथा सिञ्चाई
    ५) सडक स्तराेन्नति । ( संघ र प्रदेशको सहयोग बढी लिने )
    ६) खुल्ला ताररहित इन्द्रावतीकाे बिजुली ।                (प्राधिकरणकाे सहयोगमा )
    ७) अन्य नियमित कृयाकलापहरु ।                                  (पुनश्च : अध्यक्ष ज्यू ,  इन्द्रावतीकाे समृद्धिकाे लागि पहिलो काम शैक्षिक सुधार र राेजगारीकाे सिर्जना गर्दै बाहिरीएका युवालाई गाउँ फर्काउनु बाहेक अर्को विकल्प छैन है ।)

    बिचार / विश्लेषण बाट थप

  • आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र
  • कस्तो बन्दैछ समाज ! कस्तो बन्दैछ समाज !
  • माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज
  • मदन, जगन्नाथ, म र म..हरु  मदन, जगन्नाथ, म र म..हरु 
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑