• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • २सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • ३शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • ४स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ५आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ६मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ७सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ८भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज
बिचार / विश्लेषण
महेश्वर दाहाल
September 29, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी अभियानको क्रममा फिल्डमै गएर खटिँदाको निष्कर्ष के हो भने, माओवादी सच्चिन्छ तर यो आन्दोलन सकिँदैन ।

    ‘जनतासँग तीनमहिने माओवादी अभियान’ ले पार्टी र जनसम्बन्धका समस्या र त्यसलाई चिरेर नयाँ शिरासहित अगाडि बढ्ने सम्भावनाबारे नयाँ बुझाइहरू निर्माण गरेको त छ नै, मूलकुरा जनताका असन्तुष्टिलाई साक्षात परख गर्न पाएको छ । कमलामाई नगरपालिका(३, चपौली, सिन्धुलीका पुराना पुस्ताका कम्युनिष्ट नेता उदयनारायण अधिकारीलाई सुन्दा सच्चिने र आशातित हुने ठाउँ अझै छ ।

    उहाँ पुष्पलाल श्रेष्ठ, ऋषि देवकोटा आजाद, मदन भण्डारी, सीपी गजुरेलजस्ता नेताबाट प्रभावित भएर कम्युनिष्ट राजनीतिप्रति आकर्षित हुनुभएको हो । आन्दोलन र संगठन निर्माणका क्रममा उहाँ सिन्धुली, जलेश्वर र वीरगञ्जमा गरी चार वर्षभन्दा बढी जेल परेको स्मरण गर्नुहुन्छ ।

    रूपचन्द्र विष्ट, अमिक शेरचन, माधव नेपाल, राधाकृष्ण मैनाली लगायतसँग जेल बसेको उहाँ सम्झिनुहुन्छ । पुष्पलाल समूहमा काम गर्नुभएका उहाँले जनयुद्धकालमा भने माओवादीको गाउँ जनसरकारमा रहेर काम गर्नुभयो । कतिपय बेला तरङ्गित भए पनि उहाँ माओवादीका सक्रिय अगुवा हुनुहुन्छ । तर, वर्तमानमा माओवादीले गरिब जनताको पक्षमा ध्यान नदिएको उहाँको गम्भीर गुनासो छ ।

    ‘गाउँघरमा राजनीति पूर्वाग्रह साँधेर हुँदैन । गरिब जनता भ्रममा जता लागे पनि कुरा बुझेपछि भने भ्रममुक्त हुन्छन् । ती कम्युनिष्ट नै हुन्, माओवादी नै हुन् भनेर माया गर्नुपर्छ । अवसर खोज्नेहरूको चाकडीमा लागेर माओवादीका कतिपय नेताहरू फसेका छन् । माओवादी पार्टी क्रमशः कमजोर भएकोमा दुःख लागेको छ’, उहाँ भन्नुहुन्छ ।

    ‘हिजो कम्युनिष्ट नेता, तिनको विचार र आदर्श देख्दा उच्च सम्मान जाग्थ्यो तर आज दरा पाखुरा भएका चुल्ठे, मुन्द्रे, ट्यापे प्रकारका गैरराजनीतिक मानिसहरूबाट नेता घेरिएका छन् । इमान्दारहरू पछि परेका छन् ।’ राजनीति सेवाभन्दा पनि धन्दा, कमाउने व्यवसाय जस्तो भएकाले इमान्दार, त्यागी, संघर्षशीलहरूले राजनीतिलाई फोहोरी खेलका रूपमा लिन थालेको अनुभूति भएको उहाँले बताउनुभयो ।

    अहिलेको कर्पोरेट पूँजी र संस्कृतिले जताततै ‘लिडर’ होइन ‘डिलर’ पैदा गर्दै गएको अनुभूति गर्नुभएको हो कि भन्ने जिज्ञासामा उहाँले ‘हो’ भन्नुभयो । जनयुद्धको चरम दमनमा सेनाले बन्दुकको कुन्दाले हिर्काउदा ढाडको हड्डी नै माथि उछिट्टिएको उहाँले देखाउनुभयो ।

    आफूलाई मार्नै लागेको तर घर खानतलासी गर्दा छोराको सेनाको ड्रेस लगाएको फोटो भित्तामा देखेपछि ‘स्टाफको पिता रहेछन’ भनेर छाडेको अनुभव उहाँले सुनाउनुभयो । छोरा अहिले सेनाबाट निवृत्त भइसकेका छन् । दुई छोरा र चार छोरीका पिता अधिकारी देशमा समाजवादका लागि अझै सक्रिय रहनुपर्ने धारणा राख्नुहुन्छ ।

    माओवादीको तीन महिने जन(अभियानले भने राजनीति र समाजका प्राथमिकतामा गहिरो बहस पैदा गरेको उहाँको धारणा छ । वास्तवमा उहाँले भनेजस्तै यस अभियानले देशको अर्थराजनीति र सामाजिक विकासलाई कुन तरिकाबाट लैजाने भनेर देशव्यापी मन्थन गरेको छ ।

    यहाँ पनि अन्यत्रको जस्तै मल वितरणमा अनियमितता र कालोबजारी भएको विषय गम्भीर रूपमा उठेको छ । सहकारीका विकृतिका कुरा उठेका छन् । यी समाजका मुद्दा हुन् । समाजबाट राजनीति अलग हुनै सक्तैन । सामाजिक स्वार्थहरूलाई अलग्याएर गरिने राजनीति आकासमा तैरिने कल्पनामात्र हो । राजनीतिले नै समाजका आधारहरू बदल्ने हो ।

    राजनीतिक पार्टी र तिनको चेतनाभन्दा यतिवेलाको समाज अगाडि बढेको छ । त्यसैले समाजमा अन्तरविरोध पैदा भएको छ । समाजले नयाँ बाटो र निकास खोजेको छ । पुरानाले नसक्दा इमान र विचारको धरातल नै नभएका वैकल्पिक राजनीति र शक्तितिर समाज आकर्षित हुने अवस्था छ । तर, कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण ठाउँ चपौलीमा भने कम्युनिष्ट आन्दोलनलाई कसरी पुनर्गठन गर्ने भन्नेमा बहस, छलफल भइरहेको छ ।

    कमलामाई नगरपालिका(३ को विस्तारित बैठकमा उठेका विषय हुन् या त्यस क्षेत्रका पुराना स्थापित शिक्षक चुडामणि देवकोटा या पुराना पुस्ताका कम्युनिष्ट नेता उदय अधिकारीसँगको छलफलमा उठेका विषय हुन्, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विरासत जोगाएर अगाडि बढ्ने चिन्तासँगै चिन्तन भइरहेको छ । यहाँ कम्युनिष्ट एकता र समाजवाद पक्षधरको एकता नै प्राथमिक हुनुपर्ने बहस समेत उठेको छ ।

    चुडामणि देवकोटाको बुझाइमा कम्युनिष्ट नेताहरूमा संकीर्णता हावी भएको, उनीहरूले पार्टी र आन्दोलनभन्दा आफू केन्द्रित राजनीति गरेकाले समस्या आएको हो । देश र जनतालाई केन्द्रमा राखी कम्युनिष्टहरूलाई एकताबद्ध गरेर आर्थिक समृद्धिको यात्रामा जाने हो भने सिन्धुली मात्र होइन सिङ्गो नेपालमा कम्युनिष्टको भविष्य छ ।

    नयाँले कुनै नवीन विकल्प दिएकाले होइन, पुरानाहरू जनताका समस्या र आशासँग एकाकार नभएकाले असन्तुष्टि र आक्रोस देखिएको हो । नयाँको खोजी भएको हो । जनयुद्धपछि माओवादीले पहिलोपटक भुइँ तहसम्म जुन तीन महिने ‘जनतासँग माओवादी’ अभियान चलाएको छ, यसले भने आमतहमै ठूलो हलचल पैदा गराएको छ । अति केन्द्रीकरणका रूपमा माथिदेखि तलसम्मको पार्टी जे जसरी चलेको थियो, यस अभियानले त्यसलाई विकेन्द्रित गर्न सकेको छ ।

    वैचारिक स्पष्टता, त्याग एवम् वलिदान संस्कृतिको पुनर्स्थापना र जनवादी केन्द्रीयताको प्रणाली भएन भने संगठन थप भद्रगोल हुन्छ । अराजकता बढ्छ ।अभियानले संघ, प्रदेश र स्थानीय सरकारको कामलाई समेत जनतासँग जोडेर लैजानुपर्ने कुरालाई गम्भीरतापूर्वक मनन गरेको छ ।

    हामीले गर्न सकेका, गर्न नसकेका, गर्ने क्रममा रहेका र गर्नुपर्ने कामबारे श्वेतपत्र नै जारी गर्नुपर्छ । उदय अधिकारीले भने जस्तै यो सामान्य अभियान होइन । राष्ट्रिय स्वाधीनता, सुशासन, विकास, राष्ट्रिय उद्यम, स्वस्थ व्यवसाय र रोजगारीका लागि यो अभियानमार्फत दबाब बढाउनु पर्छ ।

    अभियानका क्रममा भुइँ तहका कार्यकर्ता र कम्युनिस्ट आन्दोलनका शुभचिन्तकका साथै जनताबाट प्राप्त भएको प्रतिक्रिया भनेको वामपन्थी एकता नै हो । वाम शक्तिहरू फेरि पनि मिल्नुपर्छ भन्ने जनताको आवाज जनतासँग माओवादी अभियानका क्रममा हामीले सुनेका छौं ।

    यसलाई वाम पार्टीहरूको नेतृत्वले कसरी लिन्छ रु यो महत्वपूर्ण विषय हो । आज जनतामा अवश्य पनि निराशा छ, तर शहरिया अराजकतावादभन्दा फरक छ गाउँको निराशा र असन्तुष्टि । यसलाई फेरि पनि सकारात्मक दिशा दिने र समाजवादको यात्रामा लैजाने दायित्व भनेको माओवादीकै हो र वामपन्थी पार्टीहरूकै हो ।

    यसलाई समाजवादी आन्दोलनको तयारीमा विकास गर्नुपर्छ । समाजवादको कोशेढुङ्गा बनाउनुपर्छ । प्रभावकारी कम्युनिष्ट (समाजवादी मोर्चा र सुदृढ कम्युनिष्ट पार्टी, यसको विश्वास जनस्तरबाटै पैदा गर्ने गरी जानुपर्छ । समाजवाद सम्भव छ ।

    बिचार / विश्लेषण बाट थप

  • आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र
  • कस्तो बन्दैछ समाज ! कस्तो बन्दैछ समाज !
  • मदन, जगन्नाथ, म र म..हरु  मदन, जगन्नाथ, म र म..हरु 
  • ब्याटल ग्राउण्ड  सिन्धुपाल्चोक २ : हेवी वेट भिडन्त, कसलाई भारी को ? ब्याटल ग्राउण्ड सिन्धुपाल्चोक २ : हेवी वेट भिडन्त, कसलाई भारी को ?
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    समाचार
    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑