
७ कात्तिक, दाङ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।
लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
रास्वपा इन्द्रावती २ मा भिम भारती
ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
प्रतिक्रिया दिनुहोस