• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

ब्याटल ग्राउण्ड सिन्धुपाल्चोक २ : हेवी वेट भिडन्त, कसलाई भारी को ?

ब्याटल ग्राउण्ड  सिन्धुपाल्चोक २ : हेवी वेट भिडन्त, कसलाई भारी को ?
बिचार / विश्लेषण
बुद्धि प्रसाद आचार्य
November 5, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • Follow us on:

    बत्ति मुनिको अँध्यारो भने झैं सिन्धुपाल्चोक जिल्ला राजधानी काठमाण्डौंबाट करीब ४० किलोमिटरको दुरीमा रहेको बिकासको हिसाबले संधैं पछि परेको जिल्ला हो । पञ्चायत कालमा पनि सिन्धुपाल्चोक मोहन शम्शेर राणाका नाती पशुपति शम्शेर जबरा र सुर्यबहादुर थापाका विश्वासपात्र नेत्रबिक्रम थापाले शासन चलाएको जिल्ला हो तर सिन्धुपाल्चोकको परिचय चेलिबेटी बेचबिखनका नाममा मात्र नम्बर १ मा रह्यो । २०४६ सालको परिवर्तनपछि पनि सिन्धुपाल्चोकका हस्ती नेताका रुपमा अमृत कुमार बोहरा र पशुपति शम्शेर जबराकै नाम अग्रपंक्तिमा रह्यो तर बिकास र समृद्धि सपना मात्रै भो ।  गणतन्त्रको उदयपछि अग्निप्रसाद सापकोटा, मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङको नाममा जिल्लाको चर्चा भयो तर भौतिक र सामाजिक बिकास शुन्यप्राय नै भो भन्दा फरक नपर्ला । यहि पृष्ठभूमी र यथार्थताका बिच आम निर्वाचन २०७९ हाम्रो सन्निकट छ । आज सिन्धुपाल्चोक फेरी पनि चर्चामै छ किनकी यसपटक सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं २ मा केपी ओलीका विश्वासपात्र नेकपा (एमाले) का  स्थायी समिति सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत आमने सामने खडा भएका छन् । राजनैतिक परिदृश्य भन्छ मोहन बस्नेत हार्दा मोहन बस्नेत हार्ने होइनन् देउवा, प्रचण्ड र अग्निप्रसाद सापकोटा हार्ने हुन् र शेरबहादुर हार्दा शेरबहादुर हार्ने होइनन् ओली बा हार्ने हुन । यो हेवी वेट भिडन्तमा साँच्चैको ग्राउण्ड रियालिटि चैं के छ त ? चर्चा गर्नु आवश्यक देखिन्छ ।

    स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम

    सिन्धुपाल्चोक जिल्लाका १०३ वटा वडाहरु मध्ये प्रतिनिधि सभा क्षेत्र नं १ मा ५४ वटा वडा र क्षेत्र नं २ मा ४९ वटा वडाहरु छन् । प्रतिनिधि सभा क्षेत्र नं २ मा हेलम्बु गाँउपालिका का ७ वटै वडा, पाँचपोखरी थाङ्पाल गाँउपालिकाका ८ वटै वडा, मेलम्ची नगरपानलिकाका १३ वटै वडा, इन्द्रावती गाँउपालिकाका १२ वटै वडा र चौतारा साँगाचोकगढी नगरपालिकाका १४ मध्ये ९ वटा वडा पर्दछन् । यो क्षेत्रमा पर्ने कुल ४९ वडा मध्ये नेकपा (एमाले) ले २२ वटा वडा, नेपाली कांग्रेसले २० वटा वडा, माओवादी केन्द्रले ६ वटा वडा र राप्रपाले १ वटा वडामा जित निकालेका छन् । जिल्लामा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धन छ भने एमाले र राप्रपा एकल एकल चुनावी मैदानमा छन् । यो हिसाबले स्थानीय तह २०७९ को चुनावमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा शेरबहादुर तामाङ भन्दा गठबन्धनका मोहन बस्नेत करिब १७ हजार मतले अगाडी छन् । स्थानीय तह २०७९ को मत गठबन्धनमा राम्रैसंग ट्रान्सफर भएमा शेरबहादुर तामाङलाई पराजित गर्न  मोहन बहादुर बस्नेतलाई कुनै कठिनाई छैन ।

    दुबै हेवि वेट नेताको चुनावी इतिहाँस

    २०४८ सालको  निर्वाचनदेखि संसदिय चुनावमा होमिएका मोहन बस्नेत पहिलोपटक तत्कालिन सिन्धुपाल्चोकको क्षेत्र नं १ मा एमाले नेता अमृतकुमार बोहरासंग पराजित भए भने २०५६ को आम निर्वाचनमा उनै अमृतकुमार बोहरालाई पराजित गर्दै संसद छिरे । २०६४ को निर्वाचनमा माओवादीका राजकुमार श्रेष्ठसंग फराकिलो अन्तरले पराजित बस्नेत २०७० को निर्वाचनमा एमालेका अरुण नेपाललाई ३२ मतले पराजित गर्दै संबिधानसभा सदस्य निर्वाचित भए । २०७४ को संसदिय निर्वाचनमा माओवादीका अग्निप्रसाद सापकोटासंग पराजित बस्नेत आम निर्वाचन २०७९ मा माओवादी समेतकै समर्थनमा संसद छिर्ने दौडमा छन् । त्यसैगरी २०५६ को आम निर्वाचनमा तत्कालिन नेकपा (माले) का तर्फबाट पहिलोपटक संसदिय दौडमा रहेका शेरबहादुर तामाङ सो चुनावमा राप्रपाका पशुपति शम्शेर जबरा संग र एमालेका तर्फबाट उम्मेदवार हुँदै २०६४ मा माओवादीका दावा तामाङसंग लगातार दोश्रोपटक पराजित भए । २०७० को संबिधानसभा चुनाव र २०७४ को आम चुनावमा उनै पशुपति शम्शेर जबरालाई पराजित गर्दै तामाङ लगातार दुईपटक संसद छिरे ।

    राजनैतिक इतिहाँस, भाग्य र भरोसा

    दुबै हेवि वेट नेताहरुको राजनैतिक इतिहाँसले पनि दुबै नेता झण्डै झण्डै शक्तिका पछाडी बिश्वास राख्ने नेताकारुपमा देखिन्छन् । नेपाली कांग्रेस बिभाजित भएर प्रजातान्त्रिक कांग्रेस बन्दा मोहन बस्नेत प्रजातान्त्रिक कांग्रेसमा थिए भने एमाले बिभाजित भएर माले बन्दा शेरबहादुर तामाङ माले भएर २०५६ मा चुनाव मै सहभागी भएका थिए । त्यति मात्रै नभएर शेरबहादुर तामाङ केहिदिन प्रतिगमन बिरुद्धको आन्दोलन र केहिदिन बालुवाटार ओहोरदोहोर गरेको दृश्यले पनि सिन्धुवासी आजित भएका थिए । यी दुबै नेताको चुनाव जित्ने र हार्ने भाग्यरेखा पनि उस्तै देखिन्छ । बस्नेतको २०४८ मा हार २०५६ मा जित, २०६४ मा हार २०७० मा जित र २०७४ मा हार र क्रमभंगता नभए २०७९ मा जित जस्तै देखिन्छ भने शेरबहादुरको २०५६ र २०६४ मा लगातार दुई हार र २०७० र २०७४ मा लगातार दुई जित भएको देखिन्छ । यी दुई नेताको पुर्पुरोले पनि शेरबहादुरलाई यो चुनाव जित्न कठिन जस्तै देखिन्छ । त्यसमाथि लगातार दुईपटक संसद छिरेर पनि सिन्धुपाल्चोककाे बिकास र जनताको सुखदुःखमा साथ नदिएको आराेप आफ्नै कार्यकर्ताबाट खेपेका तामाङ र टुरिष्ट उम्मेदवारकाे आराेप  खेपेका बस्नेत बिचकाे भिडन्त  यो चुनावमा हेर्न लायक हुनेछ ।  दुबै नेताको आशा र भरोसा पनि एकिकृत समाजवादी र माओवादी प्रति नै छ । बस्नेत गठबन्धनप्रति ढुक्क छन् भने तामाङ असन्तुष्ट कांग्रेस, माओवादी र समाजवादीप्रति आशावादी छन् ।

     

     

    बिचार / विश्लेषण बाट थप

  • आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र
  • कस्तो बन्दैछ समाज ! कस्तो बन्दैछ समाज !
  • माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज
  • मदन, जगन्नाथ, म र म..हरु  मदन, जगन्नाथ, म र म..हरु 
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑