• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • २शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ३एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ४चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • ५विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण
  • ६‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • ७नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ८सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
logo
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

करमुक्त सुनकोसी गाउँपालिकाको पाँच वर्ष

करमुक्त सुनकोसी गाउँपालिकाको पाँच वर्ष
नयाँपानी खबर
रामकृष्ण थापा
April 5, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    खाडिचौर

    गणतान्त्रिक संविधान घोषणापछि ०७४ मा स्थानीय तहको चुनाव भयो । एकात्मक राज्य प्रणाली अन्त्य भएर मुलुक संघीयतामा गयो । सिंहदरबारको अधिकार गाउँ आयो । यसको व्यापक संस्थागत विकास हुन अझै केही समय लाग्छ ।

    मुलुकमा सात सय ५३ स्थानीय सरकार छन् । सिन्धुपाल्चोकमा रहेका १२ मध्ये सुनकोसी गाउँपालिका सात वडा समेटिएको स्थानीय सरकार हो । नेपाली काँग्रेसबाट विजयी भएका अध्यक्ष श्रवणकुमार जिसी विनोदले निर्वाचित भएलगत्तै एउटा महत्वपूर्ण घोषणा गरे । त्यो हो, करमुक्त सुनकोसी ।

    सुनकोसी गाउँपालिकामा जनतालाई कुनैपनि कर लिइन्न । देशभर सबै स्थानीय सरकारले केही न केही कर लिन्छन् । कर नलिँदा आन्तरिक स्रोत कमजोर त हुन्छ नै तैपनि जिसीले संघीय र प्रदेश सरकारबाट आउने बजेटले सरकार चलाएका छन् । नदीजन्य पदार्थ र अन्य स्थानीय स्रोतबाट जम्मा हुने करिब ४० लाख रकम चाहिँ आन्तरिक आय हो । स्थानीयसँग कुनैपनि कर नउठाउँदा आम्दानीको स्रोत छैन । तर, भएको रकमलाई पारदर्शी ढंगले परिचालन गरेकोले आर्थिक व्यवस्थापन राम्ररी चलेको जिसी बताउँछन् ।

    संघीयताले स्थानीय जनतामा अधिकार स्थापित गरेको छ । ‘धेरै अधिकार जनतामा आएको छ,’ जिसीले भने, ‘तर, अझै संघीय सरकारले बजेट कम पठाउँदा विकासका काम पूरा हुन सकेको छैन ।’ खर्च गर्न नसक्दा केन्द्रमा बजेट फ्रिज हुने स्थानीय सरकारले कम बजेट पाउने विषयलाई न्यूनीकरण गर्नुपर्ने उनले प्रष्ट्याए ।

    पाँच वर्षे कार्यकालमा खानेपानीको ठूलो समस्या रहेको वडा नं. १ ठोकर्पामा सात सय घरधुरीलाई ‘एक घर एक धारा’ उपलब्ध भएको छ । कोभिडको समयमा गाउँपालिकामा अस्पताल स्थापना गरेर अक्सिजन सिलिण्डरसहित सबैभन्दा पहिला उपचार र नियन्त्रणमा काम गरेको सुनकोसीको अनुभव छ । जिसीले दिएको जानकारीअनुसार १२ स्थानीयतहमध्ये सबैभन्दा कम बेरुजु सुनकोसीको छ । पाँच वर्षमा पर्यटकीय भ्यु टावर, स्विमिङ पुल, कभर्ड हल, फुटबल ग्राउण्ड, रंगशाला बनाएको उनले सुनाए । निजी आवास, विद्यालय, स्वास्थ्य चौकी र सडक पूर्वाधारको पुनर्निर्माणमा सुनकोसी अब्बल रहेको छ । ठोकर्पामा अक्सिजन प्लान्ट स्थापना भएको छ । जसबाट दैनिक २० सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुन्छ । सरकारले घोषणा गरेबमोजिम इसिडीका शिक्षकलाई न्यूनतम् पारिश्रमिक भुक्तानी गरिएको छ । जिल्लामा कतिपय स्थानमा यो नियम लागु भएको छैन । यद्यपि, जिसीको कार्यकालमा गाउँपालिकाको केन्द्र तोकेर स्थायी संरचना भने बन्न सकेन । राजनीतिक खिचातानी र वागमती प्रदेश सरकारले वन क्षेत्रमा रहेको स्याँलेको जमिन उपभोगका लागि अनुमति नदिएकोले केन्द्र तोक्ने काम अधुरो छ । ‘मैले सबै काम पारदर्शी ढंगले गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयमा गएर बुझ्दा पनि हुन्छ । तर, केन्द्र तोक्ने काम चाहिँ पूरा हुन सकेन,’ जिसीले दुःख व्यक्त गर्दै भने ।

    पार्टीले विश्वास गरे फेरि उठ्छु

    जिसी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकटमानिने जिसीको सुनकोसीमा अध्यक्ष दोहो¥याउने चाहना छ । सातवटै वडामध्ये बहुमतले सिफारिस गरेमात्रै अध्यक्षमा उठ्ने उनले बताए । ‘मेरो काम र पार्टीलाई गरेको योगदानको आधारमा फेरिपनि टिकटको दाबी गर्छु,’ उनले भने । पार्टीको कमिटीले टिकट नदिए जो उम्मेदवार हुन्छ उसैलाई जिताउन लाग्ने उनको भनाइँ छ ।

    चुनाव महंगिँदै गएपनि जिसीले भने खर्च कम गरेरै जित्ने दाबी गरे । उनले गरेको कामको मूल्यांकन जनताले गरेकोले सहज हुने दाबी छ । जिसीको केन्द्रीय सदस्य बस्नेतसँग राम्रो सम्बन्ध भएकोले टिकट पाउने सम्भावना बढी छ । उम्मेदवारको आकांक्षी रहेको दोहो¥याउँदै जिसीले संघ र प्रदेशले स्थानीय तहको कामकाज अनुगमन गरेर मूल्यांकन गर्ने विधि विकास गर्नुपर्ने धारणा राखे । पार्टीमा सक्षम साथीहरु धेरै हुनुहुन्छ । तर, पाँच वर्षमा गर्न बाँकी रहेका अधुरा काम पूरा गर्न पनि टिकट दिनुपर्ने उनको भनाइँ छ ।

     

    नयाँपानी खबर बाट थप

  • इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    समाचार
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑