• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Tue, 21, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जुरमुराउने प्रयासमा इन्द्रावतीकाे सहकारी अभियान : कलश र इन्द्रावती साना किसान बिचमा एकीकरण पहल शुरु

जुरमुराउने प्रयासमा इन्द्रावतीकाे सहकारी अभियान : कलश र इन्द्रावती साना किसान बिचमा एकीकरण पहल शुरु
बैंक/वित्त
खगोलनाथ आचार्य
March 26, 2024 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    १२ चैत
    नवलपुर, सिन्धुपाल्चोक ।
    काेराेना महामारीको सन्त्रास पछि विश्वव्यापी आर्थिक मन्दि र त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभावसंगै नेपालकाे सहकारी आन्दोलन समेत त्यसबाट अछुतो रहन नसकेको सन्दर्भमा इन्द्रावतीकाे सहकारी अभियानले अलिकति उठ्ने र जुरमुराउने प्रयास शुरु गरेको छ । पछिल्लो समय केही अवाञ्छित तत्व र बिशेष गरि सहकारीको मुल मर्म बिपरित सञ्चालनमा रहेका शहर केन्द्रित केही सहकारीमा देखिएको समस्याले सदस्य केन्द्रित र ग्रामीण सहकारीप्रति समेत नागरिकमा उदासीनता देखिएको अवस्थामा इन्द्रावती गाउँपालिकाका ठुला दुई सहकारीहरु कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेड बिच एकीकरणकाे पहल शुरु भएको छ ।


    २०६६ सालमा स्थापित कलश बचत तथा ऋण सहकारी संस्था र २०७४ सालमा स्थापित इन्द्रावती साना किसान दुवै संस्थाकाे कार्यक्षेत्र इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरु रहेका छन् भने दुबै संस्थामा करिब २ हजार २ सय शेयर सदस्यहरु रहेका छन् । दुबै संस्था बिच एकीकरणको लागि पदाधिकारी तहमा दुई चरणको छलफलपछि आज बसेकाे दुबै सहकारी संस्थाकाे सञ्चालक समितिकाे संयुक्त बैठकले ७ सदस्यीय एकीकरण कार्यदल गठन गरेको छ । कार्यदलले दुबै संस्थाकाे आवश्यक अध्ययन पछि कार्यसमितिकाे संयुक्त बैठकमा प्रतिवेदन पेश गर्ने र छलफल गरि सहमति भएमा आगामी आर्थिक वर्षबाट एकीकरण सहित संयुक्त काराेबार अगाडि बढ्नसक्ने कलश सहकारीका अध्यक्ष बुद्धिप्रसाद आचार्यले जानकारी दिए । त्यस्तै दुबै सहकारी संस्थाकाे संयुक्त बैठकले अन्य सहकारी संस्थाहरुलाई समेत एकीकरण र समायोजनका लागि आव्हान गरेको छ । बैठक साना किसानकाे मुख्य कार्यालय नवलपुरमा अध्यक्ष रामशरण गिरीकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    त्यसैगरी आजै इन्द्रावती सहकारी सञ्जालकाे तर्फबाट इन्द्रावती गाउँपालिका समक्ष सहकारीका समस्या र स्थानीय सरकारले गर्नुपर्ने सहजीकरण सम्बन्धमा ध्यानाकर्षण गराइएको थियोे । इन्द्रावती सहकारी सञ्जालका अध्यक्ष रामशरण गिरी, सचिव बुद्धिप्रसाद आचार्य र काेषाध्यक्ष लक्ष्मीदेवी काेइरालाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र पालिका उपाध्यक्ष साेभना तामाङकाे राेहबरमा प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल समक्ष हस्तान्तरण गरिएको थियोे । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत दुलालले सहकारीकाे विकास प्रति पालिका सरकार अति नै सकारात्मक र प्रतिबद्ध रहेको बताएका थिए ।

    २०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारकाे समय देखि नै गाउँपालिकाले सहकारीहरु बिच एकीकरण, समायोजन र शुद्धीकरणकाे प्रयास गरेपनि त्यसले मुर्तरुप लिन सकेको थिएन । झण्डै ४ वर्ष अघि सहकारी शाखा प्रमुख सुजाता गाैतमकाे पहल र तत्कालीन गाउँपालिका अध्यक्ष बंशलाल तामाङ समेतको उपस्थितिमा पालिका स्तरीय सहकारी सञ्जाल गठन भएपनि स्पष्ट कानुनको अभावमा अझै सञ्जालले कानुनी मान्यता पाउन सकेको छैन । वर्तमान गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख लगायतसंगकाे पटकपटकको भेटघाट र कुराकानी पछि सहकारी अभियान प्रति स्थानीय सरकार सकारात्मक रहे पनि संघिय कानुनमा रहेका केही अस्पष्टताले काम गर्न सहजता नभएको सञ्जालका अध्यक्ष रामशरण गिरीले बताए ।

    बैंक/वित्त बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑