२९ मंसिर, चौतारा ।
नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आज सदरमुकाम चाैतारामा सम्पन्न भएको छ । सम्मेलनले निवर्तमान संयाेजक गोपाल खड्कालाई नै अध्यक्ष पदमा निर्वाचित गरेको छ । सहिद स्मृती भवनमा सम्पन्न सम्मेलनले २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले उपाध्यक्षमा रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिवमा मिङमार तामाङ र कोषाध्यक्षमा सृजना थापा चयन गरेको छ। त्यसैगरी सदस्यहरुमा रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्ण सुनुवार, ज्ञानप्रसाद दंगाल, जीवन लामा, दोर्जे लामा, सेते तामाङ , सानू गोले, कामीबहादुर लामा, दावा साङ्गे लामा, लक्ष्मीनारायण नेपाल, गजेन्द्र थापा, श्रीकृष्ण दंगाल, सफलता भण्डारी , नेत्रबहादुर तामाङ रहेका छन । सो कमिटीमा १६ जना सदस्य थप गरि ३९ सदस्यीय कमिटि निर्माण गरिने निर्वाचन समितिका चिरञ्जीवी कट्टेलले बताए । कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सह संयाेजक निलकण्ठ तिवारी , चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ , उपमेयर जानुका पराजुली , बुद्धिजीवी नेता बिलबहादुर रायमाझी , माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरी तिमल्सिना , बुद्धिजीवी संगठनका केन्द्रीय कार्यालय सचिव कृष्ण काेपिला , बिद्यार्थी नेता मिलन लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस