
मेलम्ची ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकको आयोजनामा भएको संस्थागत विद्यालयबीचको अन्तरविद्यालय खुल्ला गायन प्रतियोगितामा ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामोसाँघुकी छात्रा सुनिता तामाङ प्रथम हुन सफल भएकी छन् । प्याब्सन केन्द्रले यस बर्षदेखि सञ्चालन गर्न लागेको “प्याब्सन सिंगिङ आइडल” को जिल्ला स्तरको छनौट प्रतियोगिता अन्तर्गत शनिबार प्रगति अंग्रेजी मा.वि. मेलम्चीमा सो कार्यत्रम सम्पन्न भएको हो । अब उनले प्याब्सन वागमती प्रदेशले आयोजना गर्ने प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछिन् । प्रदेश स्तरिय छनौट प्रतियोगितामा समेत सफलता प्राप्त गरेमा सुनितालाई राष्ट्रियस्तरको “प्याब्सन सिंगिङ आइडल” मा सहभागी हुने अवसर मिल्नेछ ।
प्रतियोगितामा सिन्धुपाल्चोक प्याब्सनमा आवद्द १९ संस्थागत विद्यालयहरु मध्ये चण्डेश्वरी बोर्डिङ स्कुल बाह्रबिसे, केतु बोर्डिङ स्कुल बाह्रबिसे, किस्टोन एकेडेमी, बाह्रबिसे, ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामोसाँघु, सदाबहार एकेडेमी खाँडीचौर, हिलसाइन एकेडेमी मुडे, जुगल बोर्डिङ हाईस्कुल चौतारा र प्रगति अंग्रेजी मा.वि. मेलम्ची समेत आठ विद्यालयहरु सहभागि थिए । छनौट प्रतियोगितामा सदाबहार एकेडेमी खाडीचौरका खुशि लामाले दोश्रो स्थान, प्रगति अंग्रेजी मा.वि. मेलम्चीका निमा शेर्पाले तेश्रो स्थान र केतु बोर्डिङ स्कुल बाह्रबिसेका लक्ष्मी गुरुङले सान्त्वना पुरस्कार हात पारेका थिए ।
प्रतिक्रिया दिनुहोस