
मेलम्ची भ्याली क्याम्पस हेलम्बुको तेस्रो साधारणसभा सप्पन्न भएको छ । साधारणसभाको उद्घाटन पुर्व मन्त्री शेर बहादुर तामाङले गर्नुभयो। कार्यक्रममा पुर्व मन्त्री एबम सांसद शेर बहादुर तामाङ्ले मेलम्ची भ्याली क्याम्पस लाई संचालन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो। उहाँले आवश्यक सामग्रीको माग आए आफुले पहल गर्ने बताउनुभयो ।साधारणसभामा बोल्दै विभिन्न ब्यक्तिहरुले बाढी , भुकम्प र अन्य कारणबाट समस्यामा रहेको भन्दै स्थानीय , प्रदेस र संघीय सरकारले क्याम्पसलाई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो। उहाँहरुले साधारणसभा बाट सक्षम नेतृत्व चयन होस भन्ने शुभकामना ब्यक्त गर्नुभयो साथै बक्ताहरुले १८ बर्ष सम्म साधारण सभा नभएको भन्दै प्रश्न समेत उठाएका थिए ।कार्यक्रममा काङ्रेस हेलम्बु सह सचिव श्याम शर्मा एलसी, सस्थापक स्वबियु सचीव अर्जुन भण्डारी , इन्द्रावती क्याम्पसका अध्यक्ष धर्मकृश्ण श्रेष्ठ, नेकपा (एकिकृत समाजबादी) का नवराज गुरागाई , काङ्रेस हेलम्बु ४ सभापती भरत कार्की , नेकपा मावोबादी केन्द्रका बलराम बिक , ४ नम्बर वडा अध्यक्ष राजकुमार लामिछाने, एमाले नेता हस्त पन्डित लगायतले सुभकामना ब्यक्त गर्नुभयो। साथै क्याम्पस प्रमुख भीष्म कुमार लामिछानेले राजिनामा दिनुभएको छ् ।क्याम्पसले आफ्ना आजिवन सदस्यलाइ सम्मान समेत गरेको छ । कार्यक्रम क्याम्पस संचालक समिती अध्यक्ष डम्बर अर्यालको सभापतित्वमा सम्पन्न भएकाे थियोे । क्याम्पसकाे नया कार्यसमिती चयन पनि आज हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस