• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Wed, 21, May, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

त्रिपुरासुन्दरीका सबै वडासहित प्रमुख, उपप्रमुख जित्ने योजनामा छौं–सुकदेव रिसाल

त्रिपुरासुन्दरीका सबै वडासहित प्रमुख, उपप्रमुख जित्ने योजनामा छौं–सुकदेव रिसाल
राजनीति
रामकृष्ण थापा
April 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

                  अघिल्लो स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिकाको ६ वटा वडा मध्ये ३ वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा जित  निकाल्न सफल नेकपा (एमाले) आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै वडा सहित पालिकाको सत्ता हत्याउने दाउमा छ तर यो बिचमा एमालेमा आएको फुट र सत्ता गठबन्धन बिचको सहकार्यको सम्भावनाले एमालेको सपना साकार हुन कठिन देखिएको छ । आगामी निर्वाचनसंग सम्बन्धित रहेर नेकपा (एमाले) बाट पालिका अध्यक्षका आकांक्षी रहेका हालका निर्वाचित वडा अध्यक्ष सुकदेब रिसालसंग नयाँपानी खबरकालागि रामकृष्ण थापाले गरेको कुराकानीको संक्षिप्त अंश  :

     

    स्थानीय तह चुनावमा तपाइँको आकांक्षा रहेको पाइयो, यति महंगो चुनाव किन लड्न चाहनुहुन्छ ?

    वास्तवमा मेरो दाबेदारी स्वाभाविक छ । म एक जुझारु युवा भएको र मेरो ५ बर्षे वडा अध्यक्षको कार्यकाल सफल रहेको दाबी गर्न चाहन्छु । अब रह्यो महंगो निर्वाचन को कुरा, वास्तबमा निर्वाचन खर्चिलो हुन्छ नै । हाम्रो पालिकाको सन्दर्भमा त्यस्तो छैन र हुन्न पनि । पार्टीले सबैले आसा गरेका, बिश्वास गरेका, भिजन भएका, पढेलेखेका, निश्कलंक र सबैको भावनाको कदर गर्नसक्ने युवा जोसजागर भएका उम्मेदवार खडा गर्न सक्यो भने सामान्य खर्चभन्दा बाहेक ठूलो रकम आवस्यक छैन र हुँदैन पनि । र, जसलाई उम्मेदवार बनाउँदा ठूलो रकम खर्च गरेर निर्वाचनमा भिड्न पर्छ, त्यस्ता उम्मेदवार खडा गर्न  हुन्न भन्ने लाग्छ  । मेरो सवालमा त्यस्तो धेरै रकम खर्च गर्नुपर्ने देखिन्न । निर्वाचन लड्ने भनेको आफ्नो सरकारले बनाएको योजनालाई आफ्नो कार्यकालमा  जतिसक्दो जनभावना अनुरुप समाज रुपान्तरणको लागि निश्पक्ष, निस्वार्थ भएर बिकासका कार्यक्रमहरु सम्पन्न गर्न र गराउन मैले निर्वाचन लड्न जरुरी छ ।

    तपाइँले टिकट पाउने आधार के–के हुन् ?

    मैले टिकट पाउने आधार भनेको म उर्जाशील युवा हो । वडाध्यक्षको अनुभव प्राप्त गरिसकेको छु । वडाध्यक्ष हुँदा जिल्लामा एउटा मोडेल खडा गरेको छु । मैले सफलतापूर्वक काम गरेँ । १०३ वडामध्ये सबैभन्दा बढी योजना ल्याएर काम गरेको मेरो अनुभव छ । हाम्रो पालिकामा रहेको ६ वडामध्ये सबैभन्दा बढी मत मैले ल्याएको हो । यही मत अब पनि निर्णायक हुन्छ । टिकट पाएको दिनदेखि नै मेरो माहोल विजयतर्फ लाग्ने छ ।

    टिकट पाउनुभयो भने चुनावी खर्च कसरी जुटाउनुहुन्छ ?

    मैले टिकट पाउँदा चुनावी खर्चको धेरै आवश्यकता पर्दैन । मेरो पार्टीमा रहेका नेता तथा कार्यकर्ताले गरेको सहयोगबाटै चुनाव खर्च पुग्छ । चुनावमा खर्च बढी गर्नु भनेको भ्रष्टाचारको सुरुवात हो । यस्तो गरिन्न । जनप्रतिनिधि बन्न ठूलो रकम खर्च गर्ने र स्थानीय सरकारलाई आएको विकास बजेट भ्रष्टाचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न चाहन्छु । चुनाव खर्च साथीभाइबाट जम्मा भएको रकमलाई सदुपगोय गर्ने योजना बनाइन्छ ।

    जनमत माग्ने तपाइँको मार्गचित्र के–के हुन् ?

    मत माग्ने मार्गचित्र भन्दा पनि मैले पाँच वर्ष वडाअध्यक्ष भएर गरेको गतिविधि, योजना, भिजन र सफलता नै मेरो मत माग्ने प्रमुख सुत्र हुनेछन् । म पढेलेखेको जुझारु युवा हुँ  । कोही कसैलाईप क्षपात गरेर काम गर्ने मेरो तरिका छैन । पक्षविपक्ष सबैलाई समान व्यवहार गरेर काम गर्ने हो । मेरो कार्यकालमा गाडीको सुविधा लिने छैन । नीतिगत भ्रष्टाचार न्यूनीकरण, स्वरोजगार सिर्जना गरेर आयआर्जन बढाउने र जनतालाई धनी बनाउने , पूर्वाधार निर्माणमा जोड दिने र विकास निर्माणलाई समयसापेक्ष बनाउने योजना निर्माण गर्नेछु ।

    तपाइँको पार्टी र अन्य प्रतिस्पर्धी दलको हालको अवस्था कस्तो छ ?

    नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिकाको अवस्था अन्य पार्टीको भन्दा मजबुत छ । सांगठनिक हिसाबले हामी बलियो र व्यवस्थित छौं । हाम्रो प्रतिस्पर्धी दल काँग्रेस हो । यसपटक सबै वडासहित प्रमुख, उपप्रमुख जित्ने योजनामा छौं । केही वडामा काँग्रेससँग कडा टक्कर हुन्छ । सबै दलको सह अस्तित्वलाई हामी सम्मान गर्छौं ।

     

     

     

     

    राजनीति बाट थप

  • श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान
  • राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’
  • वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेम बस्नेतको महत्वाकांक्षी योजना वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेम बस्नेतको महत्वाकांक्षी योजना
  • माओवादी केन्द्र इन्द्रावतीमा श्रेष्ठ सर्वसम्मत सिफारिस माओवादी केन्द्र इन्द्रावतीमा श्रेष्ठ सर्वसम्मत सिफारिस
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑