• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • २सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ३एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ४क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ५नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ६प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ७प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ८सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
logo
आज:  | Wed, 18, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

शिक्षा ऐनमै अभिभावकको भूमिका स्पष्ट पार्न सुझाव

शिक्षा ऐनमै अभिभावकको भूमिका स्पष्ट पार्न सुझाव
शिक्षा
Authorनयाँपानी खबर
June 7, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    काठमाडौं

    अभिभावकहरुलाई विद्यालयको ग्राहक नभइ मालिक बनाउनुपर्नेमा करोकारवालाहरुले जोड दिएका छन्। विद्यालय सञ्चालनमा अभिभावकको विचार र भावना समेट्ने कुरा संघीय शिक्षा ऐनले नै समेट्नुपर्ने उनीहरुको धारणा थियो। शिक्षा पत्रकार समूहद्वारा शुक्रबार आयोजित ‘संघीय शिक्षा ऐनमा अभिभावक’ विषयक अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले ऐनमै अभिभावकको भूमिका स्पष्ट पारिनुपर्ने औंल्याए।
    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालय व्यवस्थापनमा अभिभावकहरुले प्राज्ञिक स्वतन्त्रता खोजिरहेको बताए। विद्यालय शिक्षा बिग्रिँदा त्यसको प्रत्यक्ष असर अभिभावकलाई पर्ने भएपनि विद्यालय सञ्चालनमा अभिभावकको विचार र भावना समेटिन नसकेको गुनासो गरे। राष्ट्रियकरणको नाममा अभिभावकबाट खोसिएको विद्यालय कसैलाई जिम्मा नलगाउँदा सार्वजनिक शिक्षा ओरोलो लागेको उनले सुनाए।
    राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले ऐनमा नै अभिभावकको भुमिका बलियो नबनाएसम्म सार्वजनिक शिक्षामा सुधार नआउने बताए। राज्यले विद्यालयमा अभिभावकको भुमिका र महत्व स्वीकार्नुपर्नेमा उनको जोड थियो। शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सरकारले विद्यालय व्यवस्थापनमा अभिभावकको महत्व र भुमिका बुझेको बताए। विद्यालय व्यवस्थापनमा संसारमा थरिका मोडलहरु रहेको उल्लेख गर्दै लम्सालले नेपालले पनि मिश्रित प्रणाली अपनाइरहेको बताए। आउने संघीय शिक्षा ऐनले एउटा प्रष्ट दिशानिर्देश गर्ने उनको भनाइ थियो।


    शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विद्यालयमा व्यवसथापन समिति निहु खोज्ने नभइ शिक्षक र अभिभावक, विद्यालय र अभिभावक जोड्ने लमीको भुमिकामा देखिनुपर्ने बताए। विव्यसले आर्थिक स्रोत, श्रम र विचारका प्राप्तिकालागि जनपरिचालन गर्ने, विद्यालय व्यवस्थापनमा तह लगाउने नभइ सघाउने र संवैधानिक अधिकार प्राप्तिका लागि एकअर्काबाट सिक्दै अघि बढ्ने भुमिका निर्वाह गर्नुपर्नेमा कोइरालाको जोड थियो।

    नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अभिभावकको काम छोराछोरी जन्माइदिएर स्कूल पठाइदिने मात्रै नभएकाले ऐनमा नै विद्यालय प्रति अभिभावकको भुमिका स्पष्ट पारिनुपर्ने बताए। विव्यसमा असली अभिभावक हटाएर जनप्रतिनिधिहरुले नेतृत्व लिँदा विद्यालय व्यवस्थापन कमजोर बनेको उनको भनाइ थियो । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले अभिभावकलाई विद्यालयको मालिक नभइ सहयात्री बनाउनुपर्ने बताइन्। तुलाधरले अभिभावकले लागी परेर, सहयोग गरेर विद्यालय यहाँसम्म आइपुगेको तथ्य नबिर्सिन आग्रहसमेत गरिन्। ऐनमा छोराछोरी विद्यालय नपठाउने अभिभावकलाई कारवाहीको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।


    संसदको शिक्षा समितिकी सदस्यसमेत रहेकी सांसद दीपा शर्माले कुनै निश्चित मान्छेको दवाव र प्रभावमा संघीय शिक्षा ऐन नआउने स्पष्ट पार्दै विद्यालयमा अभिभावकको भुमिकालाई बलियो बनाइने बताइन्। सातै प्रदेशका अभिभावकहरुको सुझाव समेटेर मात्रै ऐन पारित हुने उनको भनाइ थियो। समितिका सदस्य एवं सांसद डा. तोसिमा कार्कीले शिक्षा विधेयक संसदमा दर्ता हुनसाथ पब्लिक डिस्कन फोरममा ल्याउने बताइन्। सरोकार, विज्ञ र हित समूहसँगको परामर्शपछि मात्रै विधेयक संसदबाट पारित हुने विश्वास दिलाउँदै डा. कार्कीले अभिभावकको भूमिकालाई स्पष्ट पारिने विश्वास दिलाइन्। समितिकी सदस्य एवं सांसद ज्ञानु बस्नेत सुवेदीले विद्यालयमा कसको सत्ता भन्दा पनि कसरी राम्रो बनाउने भन्ने व्यक्ति पुर्याउनुपर्ने बताइन्। विद्यालय सुधारमा अभिभावकको कै भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।

    शिक्षा नीति तथा अभ्यास केन्द्रका अभियन्ता टीका भट्टराईले अभिभावकलाई विद्यार्थीको सिकाइ र विद्यालयको सुधारमा जोड्नुपर्नेमा जोड दिए। कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, विद्यालय कर्मचारी परीषदका अध्यक्ष गंगाराम तिवारी, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, शिक्षाका लागि राष्ट्रिय अभियानका महासचिव सुदर्शन सिग्देललगायतले विद्यालयमा अभिभावकको भूमिका ऐनमा नै स्पष्ट पारिनुपर्ने धारणा राखेका थिए।

    शिक्षा बाट थप

  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • गुणस्तरीय शिक्षाको लागि सबै पक्ष मिल्न जरुरी छ : मन्त्री तामाङ गुणस्तरीय शिक्षाको लागि सबै पक्ष मिल्न जरुरी छ : मन्त्री तामाङ
  • राजेश्वरी माविको ६३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न राजेश्वरी माविको ६३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    समाचार
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑