
०७७ साउन ३० गते पहिरोमा पुरिएर ज्यान गुमाएका घरका सदस्य सम्झँदै जुगल गाउँपालिका वडा नं. २ लिदीका निमाछिरिङ र इन्द्र दोङ बाँसखर्कमा बसेको डेढ वर्ष बित्यो । परिवार गुमाउँदाको पीडा जति भयो, त्योभन्दा बढी पहिरोपछि जन्मभूमि छोडेर अन्यत्र जानुपर्दाको पीडाले दोङद्वयलाई सताइरहेको छ । तर, बिकल्प पनि छैन । भूगर्भविद्ले भनेका छन्, पहरोमाथि बसेको लिदी माथिबाट बग्ने पहिरोले जोखिममा छ ।... विस्तृतमा