• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
March 2, 2026 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : २९ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव अभिभावक भेला, पूर्व–प्राथमिक तह (यूकेजी) दीक्षान्त, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
    कार्यक्रमको उद्घाटन विश्व मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. राजेन्द्र कोजु र विद्यालयका संस्थापक अध्यक्ष तथा सभाध्यक्ष रमारम तेलले संयुक्त रूपमा गरेका थिए ।

    कार्यक्रमको अवसरमा प्रमुख अतिथि डा. कोजुले जलबिरे जस्तो क्षेत्रको सानो विद्यालयले प्रस्तुत गरेको कार्यक्रम “सुगम सरह र बनावटी नभई यथार्थमा आधारित” रहेको उल्लेख गर्दै प्रशंसा गरे । उनले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको स्तर उदाहरणीय रहेको बताउँदै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिसहित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाका लागि हाम्रो ढोका खुला छ,” उनले भने ।

    सभाध्यक्ष तथा संस्थापक अध्यक्ष रमा रम्तेलले विद्यालय स्थापनादेखि हालसम्मको पृष्ठभूमि प्रष्ट पार्दै समुदाय, अभिभावक र शिक्षकको सहकार्यकै कारण विद्यालयले निरन्तर प्रगति गरेको बताए । उनले आगामी वर्षहरूमा रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थी–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक र विद्यार्थीप्रति धन्यवाद व्यक्त गरे ।

    कार्यक्रममा पूर्व प्राथमिक तह यूकेजीका १४ जना विद्यार्थीलाई अभिभावकको उपस्थितिमा प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको थियो। दीक्षित विद्यार्थीहरूले अङ्ग्रेजीमा आफ्नो परिचय प्रस्तुत गरेका थिए भने साइमन नेपाली, अनुराग थापा र सुहाना थापाले विभिन्न विषयमा निर्धक्क मन्तव्य राखेका थिए।

    पाँच वर्षदेखि विद्यालयमा निरन्तर अध्यापन गराउँदै आएका अभिभावक गणेशराज श्रेष्ठलाई सम्मान गरिएको थियो। शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ६ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा सक्रिय र नियमित उपस्थित विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो।

    अभिभावकहरूबीच ‘तातो आलु’ खेल सञ्चालन गरी प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारसमेत वितरण गरिएको थियो। शिक्षकहरूको सन्देशमूलक नृत्य, स्वागत पिरामिड, सामूहिक नृत्य र कविता वाचनले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
    कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रम्तेलले प्रमुख अतिथि, विशेष अतिथि तथा विद्यालयका कर्मचारीहरूलाई मायाको चिनो गरिएको थियो।

    कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक वेदलाल दुलालले गर्नुभएको थियो।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑