जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीहरुलाई District Health Information Software 2 (DHIS2) सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न भएको छ । चौतारामा आयोजित तालिममा पालिकाका स्वास्थ्य शाखा प्रमुख लगायत प्रतिनिधि, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले सबैको सामूहिक प्रयासबाट मात्र प्रभावकारी सफलता हासिल गर्न सकिने बताउँदै तालिमबाट सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे । उनले सिकाइलाई निरन्तरता दिन सके मात्र उपलब्धि हासिल गर्न सकिने भएकाले यसलाई निरन्तर अभ्यास र प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
त्यसैगरी फेयरमेडका टिम लिडर डम्बर सिं गुरुङ ले DHIS2 को आधारभूत ज्ञानसँगै थप प्राविधिक जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए । उनले तालिमबाट सिकेका कुरालाई आफ्ना संस्था तथा पालिकामा सहजीकरण गर्दै कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे ।
तालिमको सहजीकरण विज्ञ अनिल थापा र दिवाकर सापकोटाले गरेका थिए ।
स्वास्थ्य क्षेत्रको कामलाई प्रभावकारी बनाउन तथा अभिलेखीकरण प्रणालीलाई व्यवस्थित गर्न District Health Information Software 2 (DHIS2) सम्बन्धी यस्तो तालिम महत्वपूर्ण रहेको महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस