• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

कस्तो बन्दैछ समाज !

कस्तो बन्दैछ समाज !
बिचार / विश्लेषण
बुद्धि प्रसाद आचार्य
January 8, 2024 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    प्रसंग नं १
    गत पुस १ गतेदेखि आफैंले माध्यमिक शिक्षा प्राप्त गरेको श्री सिपा तिनघरे संस्कृत माध्यमिक विद्यालयमा १ सय एक्काइसौं जन्म दिवसकाे सन्दर्भ पारेर गुरुकुलकाे सहयाेगार्थ श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ शुरु हुदै थियोे । संघीय संसदका सभामुख, संघीय मन्त्री, संघीय सांसद प्रदेश मन्त्री, प्रदेश सांसद देखि लिएर जगत गुरु लगायत बिशिस्ट धार्मिक गुरुहरु र राजनैतिक दलका बिशिस्ट प्रतिनिधिहरु कार्यक्रममा आउने चर्चा थियोे । कसैले भने पनि नभने पनि त्यहाँ मैले केही न केही काम गर्नु पर्छ भन्ने मेराे मनले भनिरहेको थियोे । समय मिलिरहेकाे थिएन । कार्यक्रम शुरु हुने अघिल्लो दिन मंसिर मसान्तकाे दिन शनिबार म कार्यक्रमस्थल पुगें । जाँदाजाँदै स्कुल नजिकै बाटोका पसल तिर चिया पिइरहेका केही बुढापाका र अधबैंसेहरु भेटिए । मैले स्कुलमा जाने हैन भनेर साेधें । अनभिज्ञ झैं उनीहरूले जवाफ फर्काए – के छ र ? किन जानू र ? मैले भनें भाेलीबाट कार्यक्रम हैन र ? उनीहरूकाे जवाफ आयो – खै जेसुकै गरून् , समितिका मान्छेले गर्लान नि । मलाई अचम्म लाग्यो स्कुलमा गएँ । हेडसर र व्यवस्थापन समितिका केही साथीहरू सरसामान अन्छाई पन्छाई र सरसफाइमा जुटेका रहेछन् । थाेरै समय मैले पनि हात लगाएँ । दिनभर बस्दा एकदुई शिक्षक र एकाध समितिका मान्छे बाहेक अरु सर्वसाधारणकाे खासै उपस्थिति देखिएन ।
    ऐजन बमोजिमका अतिथि सहित पुस १ देखि शुरु भएको कार्यक्रम ८ गते मध्यम उत्साहमा समापन भयाे ।

    प्रसंग नं २
    हरेक १२ वर्षको अन्तरालमा इन्द्रावती – ५ काे नयाँपानीमा पानीको मुल पलाउँथ्याे त्याे पनि मनसुन समाप्त भएपछि । मनसुन शुरु भएपछि मुल सुक्थ्याे र फेरी १२ बर्षपछि त्यसैगरी मुल पलाउँथ्याे । मैले आफैंले जाने पछि पनि २०४४ साल २०५६ साल र २०६८ गरि तीन पटक प्रत्यक्ष अनुभव गरियो । अब नियमानुसार २०८० सालमा नयाँपानीमा पानी पलाउनु पर्ने तर पुस सकिन लागि सक्याे पानीको अत्तोपत्तो नभएपछि केही गुरुहरुकाे सल्लाह अनुसार पुस २२ गते नयाँपानीमा क्षमापुजा, हवन सहित धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न गर्ने तय गरियो । २२ गते बिहानै ७ बजेतिर हामी नयाँपानी क्षेत्रमा जम्मा भयाैं । एकदुई जना भाईहरुले फलानोले सामाजिक सञ्जालमा यस्तो पाे लेखेछ भनेर सुनाए / देखाए । भाईहरु झैं म पनि छक्क पर्नु बाहेक केही थिएन ।

    अनि मैले सम्झिएँ – २०६८ सालमा नयाँपानीमा पानी पलायो । पत्रकार प्रेम बानियाँले नयाँपानीकाे खबर टेलिभिजनमा देखाइदिए । त्यसपछि हामी गाउँलेमा हाैसला जाग्यो र सबै गाउँले मिलेर एक महिने नयाँपानी स्नान मकर महाेत्सव गरियो । स्वेच्छाले तिसाै लाख रकम दान जम्मा भयाे । त्यही रकमबाट दुई तल्ले पक्की स्वास्थ्य केन्द्र भवन र मन्दिरको पुन निर्माण सम्पन्न भयाे । शायद पावरले भ्याएन स्वास्थ्य केन्द्र भवन त बन्यो तर स्वास्थ्य सेवा सञ्चालन गर्न सकिएन । त्यसैगरी २०७२ काे भुकम्पले पुरै बस्ती तहसनहस भएर टिनले बारेको छाप्रो मा रात गुजार्दै गरेको अवस्थामा पनि स्वस्फूर्त दान संकलन गरेर एक महिने चतुर्बेद पारायण ज्ञान यज्ञ सम्पन्न गरियो । जाे सुकै समितिमा भएको बेलामा हाेस हरेक कार्यक्रम गर्दा, भवन निर्माण गर्दा, मन्दिर निर्माण गर्दा दशाैं पटक खुल्ला चाैरमा बसेर पाइपाइ आम्दानी सुनाइयाे, पाइपाइ खर्च सुनाइयाे । सबैबाट गड्गडाहट ताली बजाएर पारित गरियो । समिति समक्ष हरेक काम कारबाहीका हिसाब किताबका अभिलेख ज्यूँदै हाेलान पनि ।

    प्रसंग नं ३
    करिबकरिब १ महिना अगाडिको कुरा प्याब्सन बागमती प्रदेशकाे हरेक विद्यालयमा चेस शिक्षक तयार पार्ने याेजना अन्तर्गत मेलम्चीमा सञ्चालन भइरहेको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा श्रीमतीजी काे फाेन आयाे र भनिन् – म त चाैतारा जानुपर्ने भाे, फलानो स्कुलका फलाना फलाना सरहरुलाई बाल याैन दुरुपयोगकाे आराेप लागेको कुरा आयाे । म फेरि छक्क मात्रै हैन तीन छक्क परें । ज-जसको नाम आयाे ती सरहरुसंग मेराे करिब ३५ वर्ष पुरानो निरन्तर चिनजान छ । १२/१३ वर्षको उमेर देखि पचासकाे हाराहारी उमेर पुग्दासम्म उत्ताउलो बाेलेकाे धरि सुनेको छैन । उनैलाई यस्तो आराेप छ ।

    उल्लेखित प्रसंग मिठा हुन् , नमिठा हुन् वा दिक्क लाग्दा नै हुन तर उठान गर्न खाेजेकाे कुरा के हाे भने हाम्रो समाज झन कता कता जाँदैछ ? पछिल्ला समयमा हाम्रा नयाँ पुस्ताले कुन बाटो समातिरहेकाे छ ? यी माथिका प्रसंगमा झैं समाज कस्तो असामाजिक बन्दैछ ? त्यही स्कुलमा आफू पढेर त्यहीँ जागिर खाएकाे छ , छाेराछाेरी त्यहीँ पढाएर बिदेश पठाएर तिनैले पठाएको खर्च खाएर बाँचेको छ, आफ्नै दैलाे अगाडि बिदेशीले कराेडाै लगानी गरेर दरबार जस्तो स्कुल बनाइदिएको छ तर त्यही स्कुल व्यवस्थित बनाउन एक घण्टा श्रम गर्न सक्दैन, दिनभर पसलमा बसेर ५ सयकाे खान्छ तर २ सय बढी दान गर्न तयार हुदैन भने समाज कसरी सभ्य बन्छ अनि मुलुक बन्छ ।

    जाे मान्छे शायद व्यक्तिगत काम बाहेक त्यहाँ टेकेकाे छैन । त्यहाँको लागि एक बुँद पसिना बगाएको छैन अनि उसैले सामाजिक सञ्जालमा लेख्छ यहाँ भ्रष्टाचार भाे, लुटेर खाए । अलिकति लाज लाग्नुपर्दैन । अनि स- साना कलिला नानीहरूलाई सिकाइन्छ फलानाे गुरुले मलाई यहाँ छाेयाे, त्यहाँ छाेयाे भन्नुपर्छ है भनेर । कानुनकाे कमजोर त्यान्द्राे समातेर आफैंलाई कखरा सिकाउने असल गुरुहरुलाई चिसो छिडिमा सुताउन कम्मर कसेर लाग्नेहरुबाट समाजले के आशा गर्ने ???

    सभ्य समाज र सम्पन्न राष्ट्र बनाउन मैले कति भुमिका खेलें त्याे कुरा चैं छातिमा हात राखेर साेचाैं न । चाैविसै घण्टा सामाजिक सञ्जालमा प्रचण्ड, ओली र शेरबहादुरहरुलाई गाली गर्दैमा देश समृद्ध बन्ने हाे र ? पहिला आफू बसेकाे समाज, समुदायलाई सभ्य र समृद्ध बनाउन लागाैं देश उसै समृद्ध बनिहाल्छ नि । देश बनाउन नेताको मात्रै हैन नागरिककाे झन ठुलाे भुमिका रहन्छ । चुनावमा वियर र मासु विना भाेट नहाल्ने अनि नेताले भ्रष्टाचार गर्याे भनेर बहुलाएर हुन्छ ? एकाेत्ताे अर्काेलाई गाली गर्नु र आफैले जिम्मेवारी निर्वाह गर्नु अलि फरक रैछ भन्ने कुरा सायद रवीजी पनि महशुस गर्दै हाेलान अचेल ।
    संसार बदल्नु छ भने शुरु आफैबाट गराै – विकासानन्द । याे भनाइमा सहमत हुदै साेहि बमोजिम बुझ्न र बुझाउन हुन पनि !

    बिचार / विश्लेषण बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑