• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?

उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
October 8, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    विगत केहि समयदेखि शिक्षा क्षेत्र र यससंग सम्बन्धित बिचार बिश्लेषणहरुलाई थोरबहुत अध्ययन गरिरहेको छु । त्यसमध्ये पनि सेतोपाटीमा गोविन्द लुँइटेल सरको बिचार र संस्मरणहरुलाई नछुटाई पढ्ने प्रयास गरेको छु । उहाँका आलेखहरुलाई आधार मान्ने हो भने उहाँ लामो समय झण्डै साँढे ३ दशक शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो भन्ने बुझिन्छ । बिगत दुई तीन महिनादेखि सरकारले संसदमा पेश गरेको शिक्षा विधेयक र त्यसबाट सिर्जित केहि आन्दोलन र असहमतीबाट पनि अहिले नेपालको शिक्षा क्षेत्र चर्चामै छ । बिगत केहि महिना भित्र गोविन्द सरका बिचारहरुलाई निरन्तर पढिरहँदा र “एकै पाठ्यक्रम, गुणस्तर किन फरक ?” शिर्षकको पछिल्लो आलेख पढेपछि केहि जिज्ञाशा पैदा भएकोले केहि लेख्ने प्रयास गरेको छु ।
    आफुले केहि नजानेर हो वा अरुले बढी जानेर हो आजकल यस्तो लाग्न थालेको छ कि हाम्रो मुलुकमा कुनै पनि बिषयका स्वतन्त्र र बिश्वास गर्न लायक विज्ञ भनिनेहरु छैनन् । शिक्षा विज्ञ पार्टीका, कानुन विज्ञ पार्टीका, परराष्ट्र विज्ञ पार्टीका र अब त न्यायमुर्तिहरु पनि पार्टी कोटाका । हामी तलका भुँइमान्छेहरुले कुन चैं विज्ञको विज्ञता माथी बिश्वास गर्ने ? गोविन्द सर कुन लाइनको विज्ञ हुनुहुन्छ त्यो त थाहा भएन । फेसबुकमा खोज्ने प्रयास गरें कतै खादासादा ओडेको फोटो भेटिन्छ कि भनेर, भेटिएन । चार जना सहसाथीहरु हुनुहुदोरहेछ त्यो पनि तीन जना सञ्चार क्षेत्रकै चिरपरिचित साथीहरु र एकजना उहाँकै सगोत्री । रेवती सापकोटा, ज्ञानेन्द्र तिमल्सिना, कश्यप न्यौपाने र कृष्ण लुँइटेल फिस ।
    प्राय लेखहरुमा गोविन्द सर झण्डै झण्डै तटस्थ नै रहने प्रयास गरेको आभास हुन्छ तरपनि निजी शैक्षिक संस्थाप्रति खासै सकारात्मक हुनुहुन्न भन्ने कुरा त पछिल्लो आलेखले बताँउछ । हुनत हाम्रा मुलुकका कहलिएका भनिएका शिक्षाविदहरु बिद्यानाथ कोइराला, मनप्रसाद वाग्ले झैं निजी शैक्षिक संस्थाको नाम सुन्दै १०३ डिग्री ज्वरो आउने गरि त गुरुका अभिव्यक्ति छैनन् । तथापी घुमाउरो गरि गुणस्तरिय शिक्षाका नाममा निजी शैक्षिक संस्थाले उच्च ग्रेडको सर्टिफिकेट बोकेका असामाजिक र लण्ठु नागरिक उत्पादन गरिरहेको जस्तो सार दिन खोज्नुभएको देखिन्छ ।
    साँच्चै निजी विद्यालयका उत्पादनहरु विनयशील छैनन् ? विवेकी छैनन् ? परोपकारी भावनाका छैनन् ? आफ्नो परिवार, समाज र मुलुकप्रति जवाफदेहि छैनन् ? समतामुलक समाज निर्माणका लागि योगदान गर्न रुचाउने किसिमका छैनन ? श्रमको सम्मान गर्न जान्दैनन् ? आफ्नै श्रममा बाँच्न चाहँदैनन् ? अनि यो देशका झण्डै २८ प्रतिशत विद्यार्थीका अभिभावक गुणस्तरिय शिक्षाको राष्ट्रिय र अन्तराष्ट्रिय मानक थाहा नपाएर भ्रममै बाँचेका होलान त ? एकिन गरेर भन्न त सक्दिन तर मैले थाहा पाए सम्म हाम्रा बडेमानका शिक्षाविद भनिने डाक्टर बिद्यानाथ र मनप्रसादका सन्तती पनि कुनै समय निजी विद्यालयमै अध्ययन गर्थे रे त्यो समय उहाँहरुको मानकले काम गरेन ? तसर्थ गुरुबा उल्लेखित प्रश्नहरुको अलिक गहिराईमै गएर उत्तर खोज्ने कि ?

    मेरो आशय निजी विद्यालयलाई सरकारले काखी च्यापेर हिड्नुपर्छ र सामुदायिक विद्यालयलाई कमजोर बनाउनुपर्छ भन्ने किमार्थ हैन । हरेक मुलुकका नागरिकले त्यस देशको सरकारबाट गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवा पाउने उसको मौलिक अधिकार हो त्यसमा मेरो पनि बिमती पटक्कै छैन । तर आजका मितिमा मेरो सरकार हाम्रा अभिभावकले चाहे झैं को वातावरणमा शिक्षा प्रदान गर्न सक्षम छ ? बिना योजना सयौं नर्सिङ कलेज बन्द गर्दा अरबौ रुपैया बाहिरिएको र नेपालका बोर्डर छेउ भारतले झण्डै डेढ सय मेडिकल कलेज खोलेको समाचारबाट हामी अनभिज्ञ छौं र ? निजी नर्सिङ कलेज झैं सबै संस्थागत विद्यालय बन्द गर्ने हो भने हाम्रो मुलुकबाट माध्यमिक शिक्षाकै लागि कति रकम बाहिरिएला ? त्यसको हिसाब किताब कसैले गरेको छ ? शहर बाहिर त सामुदायिक विद्यालयले जसोतसो थेग्लान तर उपत्यका र ठुला शहरमा तत्काल कति विद्यालय खोल्न सक्षम छ ? मेरो सरकार । हाम्रा कथित विज्ञहरुले यसको लेखाजोखा गरेका छन ?
    ठिक छ लहडका भरमा निजी लगानीका विद्यालयलाई बन्दै गरौं, हाम्रा सामुदायिक विद्यालयले निजी विद्यालयको अभाव पुर्ति गर्न सक्षम छन् ? संस्थागत विद्यालयले अभिभावकलाई जादुको छडि देखाएर, हेप्नोटाइज गरेर, पाता कसेर ल्याएर निजी स्कुलमा छोरा छोरी भर्ना गर्न लगाएका हुन् र ? प्ले ग्रुप नर्सरी देखि कक्षा १२ सम्म करिब १६ बर्ष महिनै पिच्छे स्कुलमा शुल्क तिर्दा तिनले गुणस्तरको मानक नै थाहा नपाएका हुन त ?
    अवश्य पनि होइन गुरुबा, हामी भित्र केहि न केहि समस्या पक्कै छ । समस्या सरकारमा हुनसक्छ । शिक्षकमा हुनसक्छ । विद्यालय व्यवस्थापनमा हुनसक्छ । नीति निर्माणमा हुनसक्छ । पाठ्यक्रम र पाठ्यपुस्तक त शायद धेरै फरक नहोला केहि बिषयका भाषाका माध्यम बाहेक । समस्या कहाँ हो त्यो खोजौ न । समाधान त पक्कै निस्कन सक्छ । सामुदायिक विद्यालयमा उस्तै शिक्षा निशुल्क पाउँदा कुन चै अभिभावकलाई बहुलाहा कुकुरले टोकेको छ र खाइ नखाई ऋण गरेर निजी स्कुलमा छोराछोरी पढाउन । हाम्रा सामुदायिक स्कुलको वातावरण सुधार्न निजी स्कुलले त पक्कै रोकेको छैन । सरकार, नीति निर्माता, विज्ञ, नागरिक, शिक्षक सबै एकजुट भएर निजी भन्दा सामुदायिक राम्रो बनाउन सके निजी स्कुल बन्द गर भनेर नारा लाउनै पर्दैन नि । विद्यार्थी नगएपछि स्वत बन्द हुदैन र ?

    कहिलेकाँही त मेरो मुलुकका राजनैतिक दल, नागरिक समाज, विज्ञ तथा बिचारक बिश्लेषक देख्दा आफै रनभुल्ल पर्छु । सांसद मन्त्रीहरु सामान्य कार्यकर्ताले भट्टी, डान्सबार र दोहोरी खोल्दा उद्घाटन गर्न लाज मान्दैनन तर संस्थागत विद्यालयको प्रांगण अर्थात शिक्षाको मन्दिरमा टेकियो भने घोर दक्षिणपन्थी बुर्जुवा भइन्छ की भनेर परैबाट कुलेलाम ठोक्छन । तर आफ्ना सन्तान पढाउन सेण्ट जेभियर्स, रातो बंगला, युलेन्स,जेम्स लगायतमा भर्ना गर्न पावरको खोजीमा भौतारिईरहेका भेटिन्छन् । कमसेकम निजी शैक्षिक संस्थाका कारण हरेक वर्ष शिक्षाका नाममा बाहिरिने अरबौ रकम देशमै रहेको त छ । लाखौं शिक्षक, विद्यालय कर्मचारी बिदेश पलायन हुनबाट रोकिएका छन् । तिनले देशको अर्थतन्त्रमा दिएको योगदानको सम्मान गर्नु पर्दैन ? भन्छन आफु राम्रो बन्ने प्रयास गरौ न अर्कोलाई नराम्रो भन्नु जरुरी छ र ? आफु प्रथम हुन प्रयास गरौ अर्को अवश्य दोश्रो हुनेछ ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑