• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
  • २मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द
  • ३२०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
  • ४सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल
  • ५महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न
  • ६मेलम्ची नगरपालिकाका कर्मचारीहरुले एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने
  • ७भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
  • ८सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो
logo
आज:  | Sun, 19, Oct, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

फेरि पनि कथा कर्णाली व्यथा इन्द्रावती

फेरि पनि कथा कर्णाली व्यथा इन्द्रावती
बिचार / विश्लेषण
बुद्धि प्रसाद आचार्य
July 26, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    गत वर्षको जुन २५ तारिख २०२१ अर्थात २०७८ असार ११ गते दिउँसो हामी इन्द्रावती ५ का केही राजनीतिक र सामाजिक अगुवा भनिने लण्ठुहरु बाहुनीपाटी वारी इन्द्रावती बगर तिर भेला भएका थियौं । असार १ गतेको मेलम्ची बाढीले इन्द्रावती ५ बाट बाहुनीपाटी मेलम्ची ओहोरदोहोर गर्ने पैदलमार्ग समेत अवरुद्ध भइसकेको थियोे । पैदलमार्ग पनि नाम मात्रैकाे थियोे मुश्किलले दुईवटा पाउ अटाउन पनि कठिन थियोे । याे समस्या आजको मात्रै थिएन । विगत २५ वर्षदेखि हामी निमुखाहरु झुण्डिदै , लड्दै, घाइते हुदै र एकदुई थान ज्यान खेर फाल्दै त्याे मिनि कर्णालीकाे यात्रामा सामेल थियौं । त्यही पनि अवरुद्ध भयाे । इन्द्रावतीले कान्लासम्मै आफ्नो अधिकार जमाइसकेकाे थियो । अब झुण्डिने र पछारिने सुविधा पनि हामीसंग बाँकी रहेन । हामी बिलखबन्द पर्दै विकल्पको खाेजीमा छलफल चलायाैं ।                                                                   

    करिब १ सय मिटर माथिबाट सवारी साधन समेत आवतजावत गर्न सकिने गरि नयाँ ट्र्याक खाेल्ने विकल्प निस्कियाे । बजेटको लागि इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमसंग गुहार मागियाे तर हाम्रो विकल्पमा केही साथीहरूकाे सकारात्मक भुमिका कम देखियो । हामी केही निराश पनि भयौं । मेराे मन साह्रै कुँढियाे । साथीहरू संगकाे सल्लाह बमाेजिम त्याे भिरमा झुण्डिदै यात्रा गरेको केही थान फाेटाे सहित बेलुकी घरमा आएर ” मेराे सरकार ! याे फाेटाे कर्णाली पारीकाे हाेइन” शिर्षकमा केही गन्थन सहित फेसबुक स्टाटस पाेष्ट्याएँ । तत्कालीन पालिका अध्यक्षले साे स्टाटस पढेपछि वडा अध्यक्ष संग जिज्ञासा राख्नु भएछ । केही समय वडा अध्यक्ष मसँग अलि अलि रिसाउनु पनि भयाे हामी काम गर्दै थियौं हत्तपत्त फेसबुकमा हालीहाल्नु पर्छ त दाइ भनेर । खैर जे हाेस भाेलीपल्ट वातावरण सहज भयाे र करिब १५ दिनको अथक मेहनत पछि अलिक माथिबाट स साना सवारी हिड्न मिल्ने गरि बाटाे बन्यो । हामी स साना सवारीधनी भई टाेपलेकाहरु भिरमाथीबाटै हुँइकिन थाल्यौं । पैदल यात्रुहरु भिरमुनि तिरै झुण्डिदै र घस्रदै यात्रा धानिरहे ।                         

    झण्डै १३ महिनापछि हिजाे पाैने चार बजेतिर बेशिमा खन्दै गर्नुभएको दाईले फाेन गर्नुभाे – भाइ, पुलवारी भिरबाट चिप्लिएर दुई जना बेपत्ता छन, मसँग पुलिसको नम्बर छैन, बुहारीलाई खबर गर्दिनु पराे । अनि म आफै खंग्रङ्ग खसे झैँ भएँ । प्रहरीलाई खबर गरेर हामी बगर तर्फ फदाल्याैं । त्यहाँको दृश्य हृदयविदारक थियोे । केहि माथि नर्सरीमा पढ्दै गरेको सानाे बाबु बिशेश चालिसेकाे बिक्षिप्त शव थियोे भने केही तल गाेमा भाउजूको दर्दनाक शरीर । मलाई सिधै हेर्ने हिम्मत समेत आएन । याे मृत्युको अलिकति भागेदार म पनि हुँ जस्तो लाग्यो । मेराे सानाे गाउँ धुसेनीमा देशका ठुला ठुला पार्टीका प्रदेश तह देखि केन्द्र सम्म परिचय भएका नेताहरू पनि छन । जिल्ला तहका त दर्जनभन्दा बढि नेता मेराे सानाे गाउँमै छन् । पञ्चायत देखि गणतन्त्र सम्म नेतृत्व गर्ने जनप्रतिनिधि मेरै गाउँमा छन् । माैका परे मै पनि सानातिनाे नेतै हुँ भन्ने गरेको थिएँ । तर काठमाडौं चाबहिल बाट ३६ किलोमिटरको दुरिमा रहेको मेराे गाउँमा अझै पनि पैदल हिड्दै गर्दा मान्छेहरू लडेर मृत्युवरण गर्दैछन भन्दा हामीले हामीलाई कसरी परिचय गराउने ? घटनाको आधा घण्टामा घटनास्थल पुगेको मान्छे तर पनि समाचार सम्प्रेषण गर्ने हिम्मत आएन ।
    शायद याे आलेख पनि तयार गर्दिनँ थिएँ हाेला । प्रिय दाइ , सञ्चारकर्मी शुदर्शन आचार्यकाे हिजोकाे फेसबुक स्टाटस हेरेपछि केही लेख्ने जमर्को गरेको हुँ ।                                 

    आज बिहानै पालिका अध्यक्ष झम्क नेपाल , प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा , वडा अध्यक्षहरु शशिनाथ आचार्य , रविन्द्र खाति, पुर्वाधार शाखाका कर्मचारी र मेलम्ची १२ का निवर्तमान वडा अध्यक्ष राम ब. तामाङ लगायतको टाेली घटनास्थल पुगेर आजैदेखि बाटो व्यवस्थित र सुरक्षित बनाउन काम शुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मैले केही साथीहरू संग छेउमा बसेर फुस्स कुरा पनि गरेँ – हाम्रो गाउँकाे बाटो बन्न शिरुवारी देखि आएर मेरी गाेमा भाउजू र मेलम्ची देखि आएर त्याे अबाेध बालक बिशेशले ज्यान आफल्नु पर्ने रहेछ हैन त ? खैर जे नहुनु थियोे त्याे भइसक्यो । तर मेराे सरकारलाई मेराे आग्रह तपाईंहरुले मसिनो ढंगले आफ्नो पालिका भित्रका जाेखिमयुक्त वस्ती, बाटो , बिद्युत लगायतमा ध्यान दिनुहाेला । हामी जनताको करबाट राम्रो गाडी खरिद गरिएकै छ । महंगो भएपनि जतिसुकै पेट्रोल डिजेल खर्च गर्नुस हामी हिसाब माग्दैनाै हरदम बाटो, वस्ती र बिजुलीका समस्याको रखवाली गर्नुस र याेजना बनाउनुस तर अकालमा नागरिकको ज्यान नजाओस् , शुदर्शन धिताल दाइ र बिष्णु चालिसे दाइको परिवारकाे नियति फेरि नदाेहाेरियाेस ।

    बिचार / विश्लेषण बाट थप

  • आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र आफ्नो पुस्तालाई प्रेम भण्डारीकाे पत्र
  • कस्तो बन्दैछ समाज ! कस्तो बन्दैछ समाज !
  • माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट समाजवाद निर्माणको आधार, वाम एकताको आवाज
  • मदन, जगन्नाथ, म र म..हरु  मदन, जगन्नाथ, म र म..हरु 
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

    महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

    समाचार
    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑