• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • २मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ३हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ४उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ५नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ६चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ७सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • ८फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
logo
आज:  | Sat, 11, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

भोटेकोसीमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ हाबी

भोटेकोसीमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ हाबी
मुख्य समाचार
रामकृष्ण थापा
April 30, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ११ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    तातोपानी

    उम्मेदवारी फिर्ता लिने अन्तिम समय १६ वैशाख साँझ पाँच बजेसम्म धेरैले मनोनयन दर्ताबाट आफ्नो नाम हटाए । तर, भोटेकोसी गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार श्रेष्ठले कतै कुरा गरेनन्, कोहीसँग मिलेनन् र नाम हटाएनन् । कारण हो भोटेकोसीमा उनको चुनावी प्रचार अभियान दलका उम्मेदवारभन्दा पृथक र मजबुत छ ।

    बलिया मध्ये स्वतन्त्र उम्मेदवार चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमानसिंह तामाङ, सुनकोसी गाउँपालिका माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कुवँरलगायतले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । तामाङले प्रचण्डको फोनपछि उम्मेदवारी फिर्ता लिए भने कुवँरले केन्द्रको नीतिविपरीत एमालेसँग तालमेल गर्ने निर्णयपछि असन्तोष व्यक्त गर्दैै उम्मेदवारी फिर्ता लिइन् ।

    श्रेष्ठले किन लिएनन् उम्मेदवारी फिर्ता

    भोटेकोसी गाउँपालिका वडा नं. २ को अध्यक्ष जितेका श्रेष्ठ माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन् । उनी जहिलेपनि नयाँपनामा विश्वास गर्छन् । त्यही भएर नयाँ चिजको खोजीमा उनले आफ्नो उम्मेदवारी दृढतापूर्वक प्रस्तुत गरेका हुन् । उनको हात समातेर अघि बढाउने मानिस भोटेकोसी माओवादीको संस्थापक आङ्छिरी शेर्पा हुन् । शेर्पा नैतिक र प्रतिष्ठाको जीवन्त लडाइँमा छन् । पार्टीको केन्द्रीय हैसियत बनाएका शेर्पालाई भोटेकोसी पार्टीले पालिका अध्यक्षका लागि एकल सिफारिस गरेको थियो । तर, पार्टीको बागमती प्रदेश कमिटीले निवर्तमान अध्यक्ष राजकुमार पौडेललाई दोहो¥याएर उम्मेदवार बनायो ।

    पार्टी निर्णय अनपेक्षित भएपछि आङ्छिरी, पूर्वपालिका उपाध्यक्ष दाबुटी शेर्पा, भोटेकोसी पार्टी अध्यक्ष लाक्पा शेर्पा, नयाँ सोच राख्ने युवाहरु फुनु शेर्पा, निमासोना शेर्पालगायत झण्डै सय जनाले पार्टीबाट विद्रोह गरे । उनीहरुले सामुहिक राजीनामा दिएर पार्टीलाई दबाब दिएका छन् । एकल उम्मेदवारको सिफारिसमा परेका शेर्पा भन्छन्, ‘पार्टीले लिएको गलत निर्णयविरुद्ध हामी स्वस्थ विद्रोहमा छौं । हामीले पार्टीको नैतिक बल कायम राख्न दीपेन्द्रकुमार श्रेष्ठलाई स्वतन्त्रबाट उठाएका हौँ । ‘हाम्रो उम्मेदवारलाई जिताएर पार्टीको बैधानिक धार स्थापित गराउँछौं,’ उनले भने ।

    श्रेष्ठका चुनावी आधार

    स्वतन्त्र उम्मेदवार श्रेष्ठ दलभन्दा एक कदमअघि भोट माग्न गाउँ पुगेका छन् । दलका नेताको व्यवहारबाट वाक्क भएका जनता स्वतन्त्र उम्मेदवारबाट प्रभावित भएका छन् । गाउँमा श्रेष्ठलाई स्वागत गरिएको छ । माओवादीको पुरानो नेता भएकोले उनको परिचय सिंगो भोटेकोसीमा छ । तातोपानी निवासी श्रेष्ठले राजनीतिक पदमा नरहँदा पनि स्वास्थ्य, खेल र सामाजिक क्षेत्रमा प्रशस्त सहयोग र योगदान गरेकोले उनको नाम स्थानीयका लागि प्रिय छ ।

    वडा नं. २ को अध्यक्ष रहँदा पनि तलबभत्ता नलिएर बरु सो रकमले स्वास्थ्य क्षेत्रमा उनले योगदान गरे । सुत्केरी महिलालाई पोषण भत्ता पाँच हजार दिने उनको अभियान देशभर प्रशंसनीय रह्यो । भोटेकोसीमा सबैभन्दा बढी मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनले समाज परिवर्तनको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘मेरो उम्मेदवारी सिंगो पालिका र सिंगो माओवादीको नैतिक धरातल बचाउन हो,’ उनले भने, ‘पार्टीका शसक्त नेता आङ्छिरी, दाबुटी, लाक्पा, फुनु, निमा सबै एक भएका छौँ ।  मैले जित्नु सिंगो टिम जित्नु हो ।’

    श्रेष्ठलाई उनका अभिभावक हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको दरिलो साथ छ । भोटेकोसीमा युवा वर्ग उनको चुनावी अभियानमा छन् । महिला, बृद्धबृद्धा दीपेन्द्रलाई भोट दिने कुरा गरिरहेका छन् । श्रेष्ठसँग सामाजिक परिवर्तन चाहने युवाको सशक्त टोली भएकोले चुनावी अभियान अरुकोभन्दा बेग्लै छ । पटकपटक दललाई रोज्यौं केही भएन, यसपटक बदल्नेलाई रोजौं भन्ने नाराका साथ अभियान चलाइएको छ । तीन दलका उम्मेदवार आन्तरिक तयारीमा रहँदा श्रेष्ठ भने गाउँ छिरेर स्थानीयसँग भलाकुसारी गरिरहेका छन् । माओवादी केन्द्रका पौडेल, एमालेका अमृतुकुमार खड्का र काँग्रेसका उम्मेदवार लामा नोर्बु पासाङजस्ता ठूला व्यापारीसँग युवा हस्ती श्रेष्ठ स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेपछि भोटेकोसीवासी दोधारमा परेका छन् । दलका उम्मेदवार पौडेल, खड्का र लामा ठूला व्यापारी हुन् । तीन ठूला दलका धेरै नेता र कार्यकर्ताको भित्री समर्थन पनि उनलाई रहेको बुझिएको छ ।

    मुख्य समाचार बाट थप

  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    समाचार
    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑