३ बैशाख
नवलपुर ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र ) ले इन्द्रावती गाउँपालिकाकाे अध्यक्षमा ठुलोबाबु श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको छ ।
त्यसैगरी आज बसेकाे पालिका कमिटीकाे बैठकले उपाध्यक्षमा सुमित्रा बस्नेत – सुजिना र मिनामैया थापालाई सिफारिस गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष गाेबिन्द पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस