• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Tue, 14, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

म:म पसल गरेरै २५ जनालाई रोजगार दिएका व्यक्ति वडाअध्यक्षको आकांक्षी

म:म पसल गरेरै २५ जनालाई रोजगार दिएका व्यक्ति वडाअध्यक्षको आकांक्षी
राजनीति
Authorनयाँपानी खबर
March 30, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नयाँपानी खबर

    काठमाडौ, बाह्रबिसे
    त्रिपुरासुन्दरी वडा नं. ३ धुस्कुनका निमादोर्जे तामाङ २६ वर्षदेखि राजधानीको कोटेश्वरमा मम होटेल चलाउँछन् । बिहान पाँच बजे उठेर बेलुका १० बजेपछि सुत्छन् । बिहानदेखि बेलुकासम्मको १७ घण्टा उनी भाँडा मोल्छन्, कसेर लाउँछन्, मम तयार पार्छन् अनि काउन्टरमा बस्छन् ।
    होटेलमा परिआउने सबै काम उनी गर्न तयार छन् । उनको मम पसलको नाम शिखर मम हो । यो नाम निकै चर्चामा छ । अहिले उनलाई निमादोर्जे भन्दा पनि शिखर भनेर मानिसले चिन्छन् । २०४५ मा कामको खोजीमा सिन्धुपाल्चोकबाट काठमाडौ छिरेका तामाङ आठ वर्ष अर्कैको मजदुरी गरे । २०५२ मा शिखर मम सञ्चालनमा ल्याए । अहिले उनको होटेलमा २५ जनाले रोजगार पाएका छन् ।
    २५ जनालाई रोजगार दिएका तामाङ आफै पनि भाँडा मोल्छन् । चुप लागेर कहिल्यै बस्दैनन् । होटेलमा काम गर्ने युवालाई पारिश्रमिक पनि राम्रै दिन्छन् । ‘यहाँ काम गर्ने मजदुरले आफ्नो घरव्यवहार राम्रोसँग चलाउनसक्छन्,’ उनले भने, ‘म आफै मजदुरी गरिरहेकोले मजदुरको जीवन मैले बुझ्छु ।’
    उनी मम मात्रै बनाएर बस्दैनन् । फुर्सद हुनसाथ गाउँ पुग्छन् र सामाजिक काममा हात हाल्छन् । बेलाबेलामा धुस्कुन पुग्ने तामाङ नेपाली काँग्रेसका इकाइ सभापति पनि हुन् । उनले राजनीतिभन्दा सामाजिक काममा बढी समय दिन्छन् । कोरोना, बाढीपहिरो पीडितलाई राहत दिएका छन् । शिक्षा, स्वास्थ्य र जनजीवनका सवालमा उनले गाउँमा पुगेर सक्दो सहायता प्रदान गरिरहेका छन् । ‘आफू जन्मेको ठाउँमा केही गर्छु भन्ने सोचाइ र योजना छ,’ उनले भने । भाँडा मोल्दै मम बेचेर कमाएको पैसा सुरक्षित गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् । अब उनी मम पसलमा मात्रै सीमित नहुने भएका छन् । स्थानीय चुनावमा मौका मिले जनप्रतिनिधि हुने उनको रणनीति छ । ‘गाउँघरमा धेरै भ्रष्टाचार भयो त्यो रोक्न पनि राजनीतिमा सक्रिय हुने कि भन्ने सोचाइ आएको छ,’ वडा अध्यक्षमा उठ्ने संकेत गर्दै उनले भने । सुरुमा उनी राप्रपातिर थिए । पूर्वसांसद रमेश लामाको प्रेरणाले राजनीतिमा सामेल भएका थिए । उनी सक्रिय राजनीति गर्दैनन् । तर, चासो राख्छन् । मजदुरी गरेर परिवारलाई सेटल गरेकोले राजनीतिबाट समाजमा केही गर्न चाहेको उनले बताए ।

    राजनीति बाट थप

  • सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑