![logo](https://nayapanikhabar.com/wp-content/themes/2021/img/logo.png)
मेलम्ची ।
याेङ कम्युनिस्ट लिग ( वाइसीएल ) नेपालकाे मेलम्ची नगरपालिका भेला तथा प्रशिक्षण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल शरदकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा ( माओवादी केन्द्र ) का नेताहरु बिलबहादुर रायमाझी (अशोक ), उदयन आलेमगर ( उपेन्द्र ) लगायतले सम्बाेधन गरेका थिए ।
आज सम्पन्न भेलाले विशाल श्रेष्ठ अध्यक्ष र बिशाल तामाङ सचिव रहेको ७१ सदस्यीय वाइसीएल मेलम्ची नगरपालिका कमिटी गठन गरेको छ । वाइसीएल नगर संयाेजक बिशाल श्रेष्ठकाे सभापतित्वमा सञ्चालित कार्यक्रमकाे सञ्चालन बिद्यार्थी नेता ताेकबहादुर तामाङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस