• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • २सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ३भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ४मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ५इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ६SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ७DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ८जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
logo
आज:  | Wed, 03, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
खेलकुद
नयाँपानी डेस्क
June 3, 2026 मा प्रकाशित (४६ सेकेण्ड अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दुईदिने खुला मेयर कप कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौताराले सर्वाधिक स्वर्ण पदक जितेर उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।
    प्रतियोगितामा टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थानमा रहँदै उपविजेता बनेको छ भने काभ्रे तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
    टिम फाइटतर्फ पुरुष समूहमा टोखा नगरपालिका वादोकाइ कराते प्रथम बनेको छ। यस्तै महिलातर्फको टिम फाइटमा काभ्रे प्रथम, चौतारा द्वितीय तथा हेलम्बु र मेलम्ची संयुक्त रूपमा तृतीय स्थानमा रहेका छन्।
    टिम च्याम्पियन बनेको चौताराले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोखा नगरपालिका वादोकाइ करातेले रु. ३० हजार नगद पुरस्कार प्राप्त गर्दा तृतीय स्थान हासिल गरेको काभ्रेले रु. २० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
    मेलम्चीमा आयोजित उक्त प्रतियोगितामा काभ्रे, मकवानपुर, काठमाडौं (टोखा), बाह्रबिसे, मेलम्ची, चौतारा तथा हेलम्बुका २ सय २९ खेलाडीले सहभागिता जनाएका थिए ।
    कार्यक्रममा पुरस्कार वितरण गर्दै मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले प्रतियोगिताले स्थानीय स्तरमा कराते खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने र खेल जीवन स्वास्थ्यको लागी आवश्यक भएको बताए । मेयर तामाङले भने,स्वस्थ र तन्दुरुस्त नागरिकबाट मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन हुन सक्ने बताएका छन्।
    उनले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै मेलम्ची नगरपालिकाले आयोजना गरेको खुल्ला नगर प्रमुख स्तरीय कराते प्रतियोगिता खेलकुद विकासका लागि महत्वपूर्ण कदम भएको बताए। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी तथा टोलीहरूको उल्लेखनीय सहभागिता रहेको भन्दै उनले सम्पूर्ण सहभागी खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकहरूलाई शुभकामना व्यक्त गरे।

    खेलकुद बाट थप

  • सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    समाचार
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑