• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • २सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ३भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ४मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ५इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ६SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ७DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ८जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
logo
आज:  | Wed, 03, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
नयाँपानी खबर
नयाँपानी डेस्क
June 3, 2026 मा प्रकाशित (१२ मिनेट अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा ‘जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति’ को महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ। वर्षायाम नजिकिँदै गर्दा जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्, त्यसको पूर्वतयारी र न्यूनीकरणका उपायहरूबारे छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।

    बैठक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा जिल्लाको समग्र विपद् व्यवस्थापन, उद्धार तथा राहत सामग्रीको उपलब्धता र स्थानीय तहहरूबीचको समन्वयको विषयमा गहन छलफल भयो।

    बैठकमा विशेष गरी सिन्धुपाल्चोक जिल्ला भौगोलिक रूपमा पहिरोको उच्च जोखिममा रहेको चर्चा गरिएको थियो। सो क्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले आफ्नो धारणा राख्दै वातावरणमैत्री पहिरो नियन्त्रण प्रविधिलाई प्राथमिकता दिनुपर्नेमा जोडदार माग गरे । अध्यक्ष तिमल्सिनाले परम्परागत प्रविधिभन्दा प्रकृतिमैत्री र दिगो रूपमा पहिरो रोक्न सकिने उपायहरू अवलम्बन गर्नुपर्ने बताउँदै स्थानीय सरकारहरू यसका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

    बैठकमा जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा:सहायक प्रमुख जिल्ला अधिकारी,जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू,विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरू,विपद् व्यवस्थापन र सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू,जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    बैठकको अन्त्यमा अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा निकाय, रेडक्रस र स्थानीय तहहरूलाई सजग रहन निर्देशन दिनुभयो। वर्षातको समयमा आउने बाढी र पहिरोका कारण राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध हुन सक्ने भएकाले बाटो खुलाउने ठूला यन्त्रहरूलाई रणनीतिक स्थानहरूमा तयारी अवस्थामा राख्ने निर्णय समेत बैठकले गरेको छ।

    नयाँपानी खबर बाट थप

  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    समाचार
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑