१३ फाल्गुन
चाैतारा ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सिन्धुपाल्चोककाे अध्यक्षमा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड चाैताराका राजेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालयकाे सभा हलमा आज सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हाे ।
अधिवेशनले सिन्धुपाल्चोक साकाेस मेलम्चीका चित्रकुमार चाैलागाईलाई उपाध्यक्षमा, शुभ प्रभात साकाेस बाह्रबिसेका सुरेन्द्र तिवारीलाई सचिवमा, कालिका साकाेस सुनकाेशीका रामहरि खड्कालाई काेषाध्यक्षमा चयन गरेको छ भने सञ्चालकहरुमा कलश साकाेस इन्द्रावतीका बुद्धिप्रसाद आचार्य, बराम्ची साकाेस जुगलकी सावित्री घिमिरे, ओम जयबुद्ध साकाेस पाँचपाेखरीका अर्जुन लाेप्चन, लामाेसाँघु साकाेस बलेफीका रबिन बिक र त्रिपुरासुन्दरीका सुर्य पाैडेल चयन भएका छन । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिकाे संयाेजकमा क्षेमादेवी साकाेस बाह्रबिसेका ज्ञानेन्द्र श्रेष्ठ र सदस्यहरुमा गाैरीशंकर साकाेस भाेटेकाेशीका उद्दव कार्की तथा नाैली महादेव महिला बिकास साकाेस इन्द्रावतीकि लक्ष्मी काेइराला चयन भएका छन् ।
हालसम्म सिन्धुपाल्चोक जिल्लाका ७६ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध जिल्ला संघ लामो समयदेखि निस्क्रिय जस्तै रहेको अवस्थामा बागमती प्रदेश संघ समेतकाे समन्वयमा आज साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हाे । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी संघका सचिव देवराज न्याैपाने, प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्दव सापकोटा,महासचिव जिवसराज खड्का,लगायतले शुभकामना सम्बाेधन गरेका थिए । निवर्तमान जिल्ला सचिव यज्ञ चाैलागाईले सञ्चालन गरेकाे कार्यक्रमकाे सभापतित्व निवर्तमान जिल्ला अध्यक्ष देवी दुलालले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस