सिन्धुपाल्चोक । आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ ।
नेकपा सिन्धुपाल्चोक जिल्ला समितिले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माधव सापकोटा ‘सुबोध’ लाई सर्वसहमत एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
पार्टीको आज खाडीचौरामा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारीस गरेको हो ।
बैठकमा पूर्व साम्सद द्वय राजकुमार श्रेष्ठ र सिंह बहादुर विश्वकर्माले सापकोटाको नाम प्रस्ताव गरेका थिए भने बागमती प्रदेस सभा सदस्य सरल सहयात्री पौडेलले समर्थन गरेका थिए । सापकोटा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ बाट युवराज दुलाल ‘शरद’ लाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । क्षेत्रीय समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले प्रत्यक्षतर्फ दुलाललाई एकल सिफारिस गरेको हो ।
दुलाल हाल बागमती प्रदेशसभा सदस्य हुन् । उनि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क बाट निर्वाचित प्रदेश सांसद हुन् ।
त्यस्तै बैठकले समानुपातिक तर्फ भगबती नेपाल, बलराम बि. क., रामलाल बि. क., वीर बा तमाङ, लोकमान तमाङ, कमल माझी, पेमा ह्योल्मो र बलराम सुनारलाई सिफारिस गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन सुदृढीकरण तथा चुनावी तयारीलाई तीव्रता दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस