सिन्धुपाल्चोक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
राप्रपाको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत उम्मेदवार सिफारिस गरेको हो।
कार्यसमितिको बैठक तथा छलफलपछि उम्मेदवारहरूको नामावली प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।
प्रत्यक्ष तर्फ एक नम्बरमा पशुपति शम्शेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ । त्यस्तै कुमारी तामाङ, ई. गोपीकृष्ण चौलागाईं र देवराज गुरुङ पनि सिफारिसमा परेका छन् । राणा विगठित प्रतिनिधि सभा सदस्य र तामाङ हाल बागमती प्रदेश सभा सदस्य हुन् । त्यस्तै इन्जिनियर चौलागाईं केन्द्रीय सदस्य (४० वर्षमुनि) र गुरुङ क्षेत्रीय सचिव हुन्।
यता समानुपातिकमा (खस/आर्य) तर्फ उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरिनेपाल सिफारिस भएका छन् । त्यस्तै आदिवासी जनजाति कोटामा नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेष बहादुर तामाङ, हरि गुरुङ बहादुर तामाङ र अनिल तामाङ सिफारिस हुँदा समानुपातिक जनजाति महिलामा सम्झना भट्टराई माझी, हिरामाया तामाङ, सकुमाया गुरुङ र महिलातर्फ सुन्तली ढुंगेल तथा गोमा अधिकारी सिफारिस भएका छन् ।
क्षेत्रीय अध्यक्ष कुमारी तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत उम्मेदवारहरूको नामावली जिल्लामा उक्त नामावली सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस