काठमाडौ ।
सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (सुप) अन्तर्गतका ह्योल्मो सिन्धु उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति, याङ्री लार्के स्थानीय सरोकार समिति, इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति र मण्डन उपत्यका सामाजिक उत्थान समाज द्वारा आजदेखि मेलम्ची खानेपानी विकास समिति, केन्द्रीय कार्यालय काठमाडौंमा ताला बन्दी गरिएको छ ।
संबन्धित समितिहरूले आफ्नो माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि काम ठप्प पारिएको घोषणा गरेका छन्। उनीहरूले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित विकास कार्यहरूमा समुदायको हकहित, क्षतिपूर्ति र सरोकारका विषयमा दीर्घकालदेखि बेवास्ता गरिएको आरोप लगाएका छन् ।
तालाबन्दीका कारण समितिको नियमित प्रशासनिक र प्राविधिक कामकाज पूर्णरूपमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस