
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउपालिका-१ जलबिरेको बलेफी ढाडे भित्री सड्कखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएकी छिन् ।
सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिए।
उनका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका छन् ।
उनीहरू चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका थिए ।
सडकमाथि भिरबाट लेदो सहितको आएको पहिरोमा परेर बुधबार दिउसो ४:४५ बजे बेपत्ता भएको प्रहरीको भनाइ छ ।
जलवीरे सडकभन्दा तल ब्रह्मायणी नदी भएकोले नदीले बगाएको हुन सक्ने भन्दै खोजी सुरु भएको प्रहरीले जनाएको छ ।
खोजीका लागि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस