
असाेज ३
पाँचपाेखरी ।
संविधान दिवस २०८२ को अवसरमा आज पाँचपोखरीमा झन्डोत्तलन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, पाँचपोखरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य–सचिव तथा अस्पताल प्रमुख डा। प्रवेश गजुरेल, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरू, अस्पताल प्रशासन प्रमुख सरोज धिताल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयका अध्यक्ष दिनेश श्रेष्ठ , समितिका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
संविधान दिवसलाई ऐतिहासिक दिवसको रूपमा मनाउन आयोजित सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस