भोटेकोशी ।
सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिकामा तोडफोड गरिएको छ । हाइड्रोपावरले दिनुपर्ने सेयरको विषयमा विवाद चर्कँदा स्थानीयले सिन्धुपाल्चोकको गाउँपालिकामा तोडफोड गरेका हुन् ।
४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसीले विद्युत उत्पादन गरेको दुई दशक हुँदा पनि स्थानीयलाई सेयर नदिएपछि सेयरको विषयलाई लिएर भोटेकोसीमा विवाद बढेको हो ।
जेनजी आन्दोलनका क्रममा स्थानीयले सेयरको विषयलाई लिएर माथिल्लो भोटेकोशी पावर कम्पनी बन्द गरेका थिए । १० दिनदेखि बन्द पावरहाउस खुलाएर विद्युत् उत्पादन नियमित गर्न कम्पनीले पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र जनप्रतिनिधिसँग छलफल गरेको थियो । पालिकामा स्थानीयले ढुंगामुढा गर्न थालेपछि बैठकमा बसेका जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि भागेका थिए ।
आन्दोलनरत स्थानीयसँग कुनै छलफल नगरी जनप्रतिनिधिसँग कम्पनीले बैठक गरेको थाहा पाएपछि स्थानीय पालिका भवनमा जम्मा भएर विरोध जनाएका थिए । विवाद चर्किँदै जाँदा आक्रोशित स्थानीयले पालिकामा ढुंगामुढा गरेर क्षति पु¥याएका छन् । स्थानीयले ‘पालिका अध्यक्ष राजिनामा दे, गुण्डा पाल्ने पालिका चाहिँदैन’ जस्ता नाराजुलुस समेत गरेका थिए ।
धकेलाधकेल हुँदा प्रहरी र स्थानीयगरी एकदर्जन बढी घाइतेसमेत भएका छन् । हाईड्रोपावरले १० प्रतिशत सेयर दिनुपर्ने र पालिका अध्यक्षले राजीनामा नदिई आन्दोलन नरोक्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस