
२० भदाै
काठमाडौँ ।
लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो ।
ट्विटरबाट आज इमेल प्राप्त भएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले पुष्टि गरे । ठाकुरका अनुसार सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको थियो । इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको उनले जानकारी दिए ।
डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए ।
‘फेसबुकले व्यक्तिगत तवरमा कसैसँग सम्पर्क ग¥यो होला, तर आधिकारिरुपमा हामीलाई केही पनि आएको छैन,’ उनले भने ।
नेपालकै प्लेटफर्म हाम्रो पात्रोले दर्ताका लागि सबै डकुमेन्टहरू हिजो उपलब्ध गराएको छ । यसबाहेक अन्य सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् ।
प्रतिक्रिया दिनुहोस