बलेफी गाउँपालिका वडा नम्बर ५ निवासी नेकपा (एमाले) का नेता एवम् पार्टीका बागमती प्रदेश निर्वाचन बिभाग सदस्य, अधिवक्ता रामहरि नेपाल र बलेफी गाउँपालिका वडा नम्बर ४ का गत स्थानीय तह निर्वाचन २०७९ मा एमालेका वडा अध्यक्ष पदका प्रत्यासी बलेफी गाउँ कमीटी पूर्व सचीव साधुराम नेपाल नेकपा एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा आवद्ध हुनु भएको छ ।
उहाँहरुलाई माओवादी पोलिटब्युरो सदस्य, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध, पोलिटब्युरो सदस्य केशव नेपाल लगायतले पार्टीमा स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस