• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • २मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ३हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ४उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ५नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ६चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ७सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • ८फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
logo
आज:  | Sat, 11, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’

राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’
राजनीति
रामकृष्ण थापा
May 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावमा राजनीतिक एजेण्डा र नेतृत्वभन्दा आर्थिक तथा भौतिक वस्तुको प्रभाव बढी हुने गरेको छ । त्यसकारण न समाजले चाहेको जस्तो विकास भयो न त जनता व्यवस्थाप्रति खुसी भए । लोकतान्त्रिक गणतन्त्र घोषणा भएर नयाँ संविधान बनेपछि विकासको पुरानो अड्डा सिंहदरबार गाउँघर आएको मानिन्छ । तैपनि, स्थानीयले चाहेजस्तो विकासको मूल नै चाहिँ फुटेको छैन । यसको कारण हो राजनीतिक दलले छान्ने स्थानीय तहको उम्मेदवार राम्रो नहुनु । चुनावमा जित्नैपर्ने दबाबको कारण दलले छनोट गर्ने कतिपय उम्मेदवार राजनीतिक भन्दा पनि अरु क्षेत्रबाट जबर्जस्त ल्याइन्छ ।

    यतिबेला चुनावी माहोल तातेको छ । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका सबैभन्दा ठूलो स्थानीय सरकार हो । यहाँ यसपटक माओवादी केन्द्रले राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा देशबन्धुलाई उठाएको छ । किसानको छोरा कृष्णप्रसाद सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका कान्छा भाइ हुन् । तर, उनको परिचय सभामुखसँग खासै जोडिदैन । किनकि, उनी राजनीतिका उदाहरणीय व्यक्ति हुन् । नगरवासी उनलाई देशबन्धु भनेर चिन्छन् । ६० वर्ष उमेरका कृष्णप्रसादले राजनीति गरेको ४० वर्ष भयो । चार दशक लामो राजनीतिमा कहिल्यै कुनै लाभको पद लिएनन् । जन्मस्थान कुविन्डेका स्थानीय उनलाई प्रेरणाको स्रोत मान्छन् ।

    कुविन्डेलाई नमूना गाउँ बनाए

    कृष्णप्रसाद २०४९ को स्थानीय चुनावमा जनमोर्चाबाट कुविन्डे गाविस अध्यक्षमा भारी मतले निर्वाचित भएका थिए । छोटो समयमा गाविसलाई नमूना बनाउने योजना बनाए । कुविन्डे अहिले सिन्धुपाल्चोकको नमूना गाउँ हो । सुरुमा उनले कुविन्डे दूग्ध उत्पादक सहकारी संस्था स्थापना गरेर सबै किसानलाई गाइभैँसी पालनमा प्रोत्साहन गरे । यो संस्था कृषि क्षेत्रमा अहिले जिल्लाको सबैभन्दा ठूलो सहकारी हो । त्यसपछि जनहित ग्रामीण सेवा समिति नामक संस्था स्थापना गरेर जनचेतना फैलाउने र विकास निर्माणमा सहयोग गर्ने काम गरे । उनकै योगदानले कुविन्डेका प्रत्येक घरले भैँसी पालनबाट मासिक ५० हजारदेखि एक लाखसम्म कमाउँछन् । जनयुद्धबाट फर्केर आएपछि गाउँमा रहेको सेतीदेवी पञ्चकन्या माविको अध्यक्ष भएका उनले शैक्षिक गुणस्तर बृद्धि गरेर जिल्लामै पहिलो पटक बालीविज्ञान विषयमा कक्षा सञ्चालन गरे ।

    आफै गर्छन् खेतीपातीको काम

    माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका देशबन्धु राजनीतिमात्रै होइन खेतीपाती पनि आफै गर्छन् । महिनामा १० दिन खेतमा काम गर्छन् । जोत्ने, खन्ने, घाँस काट्ने र भैँसी दोएर दूध बेच्न डेरीमा लाने गर्छन् । अहिले उनी चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार छन् । चार दशक लामो राजनीतिक र कुविन्डेबाट प्राप्त अनुभवको संयोजनले नगरलाई मोडेल बनाउने उनको योजना छ । उनको योजना कृषिमा केही गरौं भन्ने छ । चुनावी अभियानमा रहेका कृष्णप्रसादले आधुनिक र सामुहिक खेती प्रणालीको विकास गरेर मोडेल तयार गर्ने बताए ।

    कुविन्डेलाई सहिदहरुको गाउँ भनिन्छ । माओवादी जनयुद्धमा एकै गाउँका १९ जना सहिद भएका छन् । कृष्णप्रसाद सहिद प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पनि हुन् । उनको जेठी छोरी शुभद्रा र ठूलो दाजुका दुई छोरा रेवती र प्रेम जनयुद्धमा मारिए ।  जनयुद्ध सुरु हुनुपूर्व नै ०५१ मंसिरमा उपाध्यक्ष अमानसिंह तामाङलाई कार्यबाहक अध्यक्ष छोडेर उनी भूमिगत भएका थिए । भूमिगत छँदा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे जिल्लाको प्रमुख भएर जिम्मेवारी पनि पूरा गरे । चौसाँगढी नगरको मेयरमा उम्मेदवार बनेपछि अहिले उनी चर्चामा छन् । उनसँग काँग्रेसका केशवराज गिरी र एमालेबाट इन्द्रबहादुर नेपाल प्रतिस्पर्धामा छन् ।

    राजनीति बाट थप

  • सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    समाचार
    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑