• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • २सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ३मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ४हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ५इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ६शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ७एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ८चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
logo
आज:  | Sat, 20, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

म:म पसल गरेरै २५ जनालाई रोजगार दिएका व्यक्ति वडाअध्यक्षको आकांक्षी

म:म पसल गरेरै २५ जनालाई रोजगार दिएका व्यक्ति वडाअध्यक्षको आकांक्षी
राजनीति
Authorनयाँपानी खबर
March 30, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नयाँपानी खबर

    काठमाडौ, बाह्रबिसे
    त्रिपुरासुन्दरी वडा नं. ३ धुस्कुनका निमादोर्जे तामाङ २६ वर्षदेखि राजधानीको कोटेश्वरमा मम होटेल चलाउँछन् । बिहान पाँच बजे उठेर बेलुका १० बजेपछि सुत्छन् । बिहानदेखि बेलुकासम्मको १७ घण्टा उनी भाँडा मोल्छन्, कसेर लाउँछन्, मम तयार पार्छन् अनि काउन्टरमा बस्छन् ।
    होटेलमा परिआउने सबै काम उनी गर्न तयार छन् । उनको मम पसलको नाम शिखर मम हो । यो नाम निकै चर्चामा छ । अहिले उनलाई निमादोर्जे भन्दा पनि शिखर भनेर मानिसले चिन्छन् । २०४५ मा कामको खोजीमा सिन्धुपाल्चोकबाट काठमाडौ छिरेका तामाङ आठ वर्ष अर्कैको मजदुरी गरे । २०५२ मा शिखर मम सञ्चालनमा ल्याए । अहिले उनको होटेलमा २५ जनाले रोजगार पाएका छन् ।
    २५ जनालाई रोजगार दिएका तामाङ आफै पनि भाँडा मोल्छन् । चुप लागेर कहिल्यै बस्दैनन् । होटेलमा काम गर्ने युवालाई पारिश्रमिक पनि राम्रै दिन्छन् । ‘यहाँ काम गर्ने मजदुरले आफ्नो घरव्यवहार राम्रोसँग चलाउनसक्छन्,’ उनले भने, ‘म आफै मजदुरी गरिरहेकोले मजदुरको जीवन मैले बुझ्छु ।’
    उनी मम मात्रै बनाएर बस्दैनन् । फुर्सद हुनसाथ गाउँ पुग्छन् र सामाजिक काममा हात हाल्छन् । बेलाबेलामा धुस्कुन पुग्ने तामाङ नेपाली काँग्रेसका इकाइ सभापति पनि हुन् । उनले राजनीतिभन्दा सामाजिक काममा बढी समय दिन्छन् । कोरोना, बाढीपहिरो पीडितलाई राहत दिएका छन् । शिक्षा, स्वास्थ्य र जनजीवनका सवालमा उनले गाउँमा पुगेर सक्दो सहायता प्रदान गरिरहेका छन् । ‘आफू जन्मेको ठाउँमा केही गर्छु भन्ने सोचाइ र योजना छ,’ उनले भने । भाँडा मोल्दै मम बेचेर कमाएको पैसा सुरक्षित गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् । अब उनी मम पसलमा मात्रै सीमित नहुने भएका छन् । स्थानीय चुनावमा मौका मिले जनप्रतिनिधि हुने उनको रणनीति छ । ‘गाउँघरमा धेरै भ्रष्टाचार भयो त्यो रोक्न पनि राजनीतिमा सक्रिय हुने कि भन्ने सोचाइ आएको छ,’ वडा अध्यक्षमा उठ्ने संकेत गर्दै उनले भने । सुरुमा उनी राप्रपातिर थिए । पूर्वसांसद रमेश लामाको प्रेरणाले राजनीतिमा सामेल भएका थिए । उनी सक्रिय राजनीति गर्दैनन् । तर, चासो राख्छन् । मजदुरी गरेर परिवारलाई सेटल गरेकोले राजनीतिबाट समाजमा केही गर्न चाहेको उनले बताए ।

     

    राजनीति बाट थप

  • रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत
  • मेलम्ची–७ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित मेलम्ची–७ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    समाचार
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑