• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • २सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ३एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ४क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ५नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ६प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ७प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ८सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
logo
आज:  | Thu, 19, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

प्रगतितर्फ उन्मुख सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको वर्षे कार्यकाल

प्रगतितर्फ उन्मुख सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको वर्षे कार्यकाल
समाचार
रामकृष्ण थापा
March 26, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रमा योगदान पु¥याउँदै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एक वर्षे कार्यकाल पूरा भएको छ । छोटो अवधिमा सिउवासंघले केही प्रगतिउन्मुख कार्यक्रम पनि सम्पन्न गरेको छ ।
    संघले व्यापारमात्रै होइन कृषि क्षेत्रलाई प्राथमिकता दिएर किसानलाई सीपमूलक तालिम प्रदान गर्ने तयारी गरेको छ । ‘स्थानीय तहको निर्वाचन लगत्तै हामी किसानका लागि नगद कमाउने कार्यक्रम लिएर आउँछौं,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत (होमबहादुर) ले भने ।
    एक वर्षे अवधिमा संघले नियमित कार्यक्रमबाहेक बाढिपहिरोबाट पीडितको उद्धार र राहत तथा कोरोना भाइरस महाब्याधी नियन्त्रणका लागि योगदान गरेको छ । कोभिड–१९ रोकथामका लागि संघले जिल्लाभर विभिन्न समुदाय र अस्पतालमा २५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । हिमालय सीमापार वाणिज्य संघसँग मिलेर मेलम्ची, लिदी, नागपूजे, जम्बु र भोटेकोसी क्षेत्रमा बाढीपहिरोबाट पीडित भएका स्थानीयलाई पोलार, खाद्यान्न सेट, त्रिपाललगायत सामग्री वितरण गरेको थियो । अध्यक्ष बस्नेतले दिएको जानकारीअनुसार ४५ लाख बराबरको सामग्री बाढीपहिरोपीडितलाई वितरण गरिएको हो ।
    तातोपानी, रसुवा र भारत हुँदै सामुद्रिक बन्दरगाहबाट आयात हुने चिनियाँ सामानलाई सहजढंगले ट्रान्सपोर्ट र ढुवानी गर्न संघले समन्वयकारी भूमिका निभायो । भूकम्पपछि खुलेको तातोपानी नाका सहजीकरणका लागि संघले पटकपटक भूमिका निर्वाह गरेको छ । ‘हामीले प्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्री र सम्बन्धित मन्त्रालय र विभागसम्म पुगेर पटकपटक ज्ञापनपत्र बुझायौ,’ बस्नेतले भने, ‘चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी आउने अघिल्लो दिन पनि परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई भेटेर तातोपानी नाकाको वर्तमान अवस्थाबारे जानकारी दिएका छौं ।’ तर, अन्तर्राष्ट्रिय नाका सुरक्षाको संवेदनशीलता भएकोले नाका सहज हुन समय लाग्ने उनले सुनाए ।
    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले स्थानीय तहसँग सहकार्य गरेर किसानलाई उपलब्ध गराउने उपकरण र तालिम भने हाललाई स्थगित गरिएको छ । स्थानीय तहको निर्वाचनपछि गठन हुने कार्यपालिकासँग थप छलफल गरेर कार्यक्रमलाई अगाडि बढाउने संघको योजना छ । व्यापार, उद्योग र कृषिलाई महत्व दिने योजना बनाएको संघले एक वर्षे अवधिमा प्रगतितर्फ लम्कने काम गरेको उद्योगी, व्यवसायी बताउँछन्

    समाचार बाट थप

  • इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑