१ फागुन २०७८
नवलपुर , सिन्धुपाल्चोक ।
आज जनयुद्ध दिवस । वि.स.२०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) द्वारा जनयुद्धको थालनी भएको दिन । देशमा सामन्ती राज्य सत्ता , एकात्मक राज्य प्रणाली र वर्गीय उत्पीडनकाे अन्त्य गर्ने उदेश्य सहित समावेशी समानुपातिक प्रतिनिधित्व लगायतको नारा बाेकेर दिर्घकालिन जनयुद्ध थालनी भएको पहिलो दिन । त्यस यताको हरेक वर्षकाे फागुन १ गतेलाई साे पार्टीले जनयुद्ध दिवसको रुपमा विविध कार्यक्रम गरि मनाउने गरेको छ । २०५२ साल फागुन १ गते शुरु भएको जनयुद्धले करिब १० बर्ष नेपालमा भिषण आँधीबेहेरीकाे सिर्जना भयो । झन्डै १७ हजार नेपालीको सहादत भयाे । हजारौं घाइते , अपांग र घरवारविहीन भए । माओवादी जनयुद्धले २४० वर्ष शासन सत्तामा रहेको राजतन्त्र र तत्कालीनरुपमा राजनीतिकाे मुलधारमा रहेका राजनीतिक दलहरूलाई साेच्न बाध्य बनायो र देशमा राजतन्त्रको अन्त्य गर्दै संघिय लाेकतान्त्रिक गणतन्त्रको स्थापना भयाे । माओवादी जनयुद्ध शुरुआत गर्दाका कतिपय राजनीतिक मुल मुद्दा त स्थापित भए तथापि जनताका दैनिक जन जिबिका र वर्गीय , जातीय , क्षेत्रीय र लिंगिय अधिकार स्थापित गर्ने कुरा कतिपय कागजीरुपमा उल्लेख भए पनि व्यवहारिकरुपमा ती वर्गले अभ्यास गरे वा गरेनन् त्यो अर्को बहसको बिषय छदैछ । माओवादी जनयुद्ध शुरु गर्ने नेतृत्वले अब साेच्ने बेला भएकाे छ कि- के माओवादी जनयुद्धमा ज्यान बलिदान गरेका, अपांग र घाइते भएका अनि आफ्नो जीवनका उर्वर समय युद्धमा खर्च गरेका र युद्धको समयमा अत्यन्तै दुख खेपेका आम नागरिकले त्यस बापतकाे मुआब्जा पाइसकेका हुन ? वा देश त्याे प्राप्त गर्ने बाटोमा छ । प्रस्तुत प्रश्नका चांगहरु काखी च्यापेर फेरि पनि केही सपना र आशाका बर्काे ओडेर नेकपा (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिकाका सयौं कार्यकर्ता आज इन्द्रावती गाउँपालिकाकाे मुकाम नवलपुरमा २७ ओं जनयुद्ध दिवस मनाउन भेला भएका थिए । केन्द्रकाे सर्कुलर र याेजना अनुसार नै यस बर्षकाे जनयुद्ध दिवस नारा जुलुस भन्दा पनि आन्तरिकरुपमा सिमित कार्यकर्ता काे उपस्थितिमा प्रशिक्षणमुलक बनाइए झैं इन्द्रावतीमा पनि वडा कमिटीका पदाधिकारी , पालिका कमिटी , बिबिध समितिका पदाधिकारी , सल्लाहकार , जेष्ठ कम्युनिस्ट मञ्च , जबसका पदाधिकारी लगायतको उपस्थितिमा सम्पन्न गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला समन्वय समिति संयाेजक एवं बागमती प्रदेश सदस्य गाेबिन्द पराजुली , बागमती प्रदेश सदस्य चिरञ्जीवी आचार्य , बागमती प्रदेश सदस्य ठुलाेबाबु श्रेष्ठ , जिल्ला समन्वय समिति सदस्य एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव प्रतापसिं तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले अब माओवादी शक्ति एउटा आन्दोलनकैरुपमा अगाडि बढ्ने र सिन्धुपाल्चोक जिल्लामा पार्टीलाई २०६४ सालकै अवस्थामा एकतबद्द , सुदृढ र शक्तिशाली बनाउने अठोट ब्यक्त गरेका थिए । गाउँपालिका अध्यक्ष नुनबहादुर सापकोटा (मनाेज) काे अध्यक्षता र सचिव दिपक न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।
प्रतिक्रिया दिनुहोस