खाडीचाैर, सिन्धुपाल्चोक ।
नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएकाे छ । गत पाैष १७ गते उद्घाटन सत्र गरेको प्याब्सनले आज एक कार्यक्रमका बिच जिल्ला समितिका पदाधिकारीहरुलाई सपथ कार्यक्रम सम्पन्न गरेको छ । सिन्धु प्याब्सनको इतिहासमै लामो समय खर्चेर भएको दशाैं जिल्ला अधिवेशनले अध्यक्षमा जुगल हाई स्कुल चाैताराका प्रिन्सिपल ओमप्रकाश उप्रेतीलाई सर्वसम्मतरुपमा चयन गरेकाे छ त्यस्तै अधिवेशनले सचिवमा बुद्धिप्रसाद आचार्य , काेषाध्यक्षमा मदनकुमार सापकोटा , सदस्यहरुमा तिमाेथी राउत र रबिन गुरुङ सहित सात सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नीजि बिद्यालयहरुकाे छाता संगठनकाे रुपमा रहेको प्याब्सन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा झण्डै दुई दर्जन बिद्यालयहरु सञ्चालनमा रहेका छन । सपथ ग्रहण कार्यक्रममा बाेल्दै नव निर्वाचित अध्यक्ष ओमप्रकाश उप्रेतीले अग्रजहरुकाे सम्मान र सल्लाह अनि नव निर्वाचित सहयात्रीहरुकाे जाेश र जाँगरलाई समेट्दै नीजि बिद्यालयहरुकाे हक हितका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस