• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • २सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ३मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ४हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ५इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ६शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ७एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ८चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
logo
आज:  | Mon, 22, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

तपाँईहरु संग जोडिँदै गर्दा ……………..

तपाँईहरु संग जोडिँदै गर्दा ……………..
नयाँपानी खबर
बुद्धि प्रसाद आचार्य
October 5, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    जीवनमा सोचेका,सम्झेका, कल्पना गरेका आशा र लक्ष्यहरु अनि निदाएर वा अनिदै देखिएका तमाम सपनाहरु पुरा नहुनु वा गर्न नसक्नुको अर्को नाम नै जीन्दगी रहेछ शायद । पचासको दशकको शुरुवात तिरैको मध्य बर्खामा चलनचल्तीका मुख्य बिषय र ऐच्छिक बिषयमा संस्कृतबाट एसएलसी पास गरेको प्रमाण–पत्र बोकेर एउटा सत्र अठारको ठिटो लुखुरलुखुर केहि सपनाका पोकाहरु बोकेर सपनै सपनाको शहर काठमाण्डौ फदालेको थियो । मुख्य उदेश्य डिग्री हाँसिल नै थियो तर वरीपरी केहि बाध्यताका र केहि रहरका स–साना आशा र सपनाका चाङहरु छरपस्ट थिए । लाग्थ्यो ती स–साना झारपातले मुख्य उद्देश्यलाई छोप्ने र उछिन्ने प्रयास गरिरहेका थिए । बिहान बेलुकाको दुई छाकको ब्यबस्था गर्नु थियो । महिनाको मसान्त सम्ममा घरबेटीको भाडा तयार पार्नु थियो । लोकल गाडीमा सवारी गर्न दुइचार पैसाको जोहो गर्नु थियो । क्याम्पस फि, ड्रेस, किताबकपी, कलम लगायत त झनै अनिवार्य भइहाले । ठिटो केटो त्यतीले मात्रै पनि पुर्ण भएको महशुस हुने कुरा भएन आफु जस्तै सानी, राम्री गर्लफ्रेण्ड बनाउन पाए र हात समातेर फिल्महलतिर माया पिरतीको नयाँ फिल्म हेर्नजान पाएनी हुन्थ्यो झै त लागी हाल्थ्यो । र यी सबै बाध्यता र इच्छा पुरा गरेपछि केहि रकम जगेडा राख्न सकियो भने दशैंमा घर जाँदा आमाका केहि लत्ताकपडा फेरिदिने रहर पनि कायमै थियो ।
    यस्तै यस्तै परिस्थितिका बिचमा अलिअलि नाम पनि कमाउनुपर्छ भन्ने अतृप्त इच्छा थियो । हरेकदिन बिहान चाबहिल चोकको गोपालदाइको पसलमा एक डेढ घण्टा उभिएरै सबै पत्रिका सरसर्ती पढिसक्थें । पत्रिकामा मेरो पनि नाम आए कस्तो मज्जा हुन्थ्यो जस्तो लाग्थ्यो । रेडियोमा नाम आओस भनेर चिठी नै बोकेर कहिले रुपा बिमललाई भेट्न क्लासिक एफएम, कहिले नारायण श्रेष्ठको कार्यक्रमलाई पत्र बोकेर सगरमाथा एफएम त कहिले रेशम चौधरीको कार्यक्रमलाई पत्र लिएर एचबिसी एफएमतिर साइकल चढेर हुँइकिइन्थ्यो । शायद त्यस्तै अतृप्त इच्छा सपनाले होला पचासको दशकको आधा आधीदेखी २०६३ साल सम्म आईपुग्दा थोरै थोरै समय एउटा मासिक पत्रिकाको प्रकाशक, दुइवटा साप्ताहिकको सम्पादक, केहि स–साना साप्ताहिकमा नियमित स्तम्भ लेखनको अवसर मिल्यो भने टाइम्स एफएम, रेडियो सिटी, इसिआर एफएम, मेट्रो एफएम र रेडियो उपत्यकामा बिभिन्न जिम्मेवारीमा जोडिने अवसर जुट्यो ।
    त्यसपछि एकपटक जीन्दगीलाई फर्केर हेरियो । शहरले निल्दै ओकल्दै गरेको पनि करिब १२÷१३ बर्ष भइसकेछ । उमेरले तीस टेकीसकेको थियो । डिग्री हाँसिल गर्न हिडेको केटो बल्ल बल्ल स्नातक सकेर अल्मलिएको थियो । गाँउको गुमनाम केटो अलि अलि त शहरले चिन्न थालेको रहेछ तर त्यो अलिअलि चिनिएको नामको थाप्लोमा एकाध बण्डल कर्जा थपिएको थियो । न भारी बिसाउने चौतारी न जीवन बिसाउने जीवनसंगीनी । बेला बेलामा कोही कोही आउने चियाउने र आफ्नो बाटो लाग्ने क्रम त थियो नै । अनि जीन्दगीले भन्यो भाई निष्कर्ष भातै हो । जीवन एक्लै काट्न त्यति सजिलो छैन । जीन्दगीले भनेपछि नमान्ने कुरै भएन । एक्लै जीन्दगीको रथ चल्नेवाला थिएन, दरिलो साथी खोजियो । नाम पुरेतले राखिदिएकै छन भनेर भातको जोहोमा लागियो र करिब दश बर्षको अथक दौडाइ पछि लाग्यो अब सामान्य गाँउको दालभात बेसाएर भएपनि खान सकिन्छ ।
    शायद साथीभाई छोड्न नसकेर हो वा पुरानो बेथा बल्झिएर हो करिब ४÷५ बर्षदेखी सिन्धुपाल्चोकबाट नयाँपानी सन्देश साप्ताहिक मार्फत लड्दै, चिप्लदै, उठ्दै र घस्रदै तपाँइहरुसंग जोडिने अथक प्रयासमा छौं । र, आजबाट नयाँपानी खबर मार्फत पनि यहाँहरुको स्क्रिनमा जोडिन लागेका छौं । यहाँहरुको अमुल्य सुझाव, सहयोग र सद्भावले हामीलाई मार्गदर्शन गर्नुहुनेछ भन्ने आशा र अपेक्षासहित बिजया दशमी तथा शुभ–दिपावलीको सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

    नयाँपानी खबर बाट थप

  • मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    समाचार
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑