• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • २प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • ३मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • ४सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ५मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ६हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ७इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ८शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
logo
आज:  | Tue, 23, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

तातोपानी नाका खुलाउने बिषय प्राथमिकतामा – प्रचण्ड

तातोपानी नाका खुलाउने बिषय प्राथमिकतामा – प्रचण्ड
मुख्य समाचार
Authorनयाँपानी खबर
December 21, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    काठमाडौं, ६ पुस
    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताएका छन् ।
    सिन्धुपाल्चोक क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको टोलिबाट बुधबार खुमलटारमा नाका खुलाउने सन्दर्भमा ज्ञापनपत्र बुझेपछि प्रचण्डले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए ।
    दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सि जिन फिङ्सँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उनले तातोपानी नेपालीहरुको व्यवसाय र नेपालको व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट गरे ।
    चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूति हाउ यान्छीसँगको विदाई भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाई थियो । भूकम्प पछिको पुनर्निर्माण भइसकेको र ड्राइपर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरो सुचारु गर्नु पर्नेमा जोडदिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने बताए । नयाँ राजदूत आएपछि दुवैतिर आवत जावत खुला हुने विश्वास व्यक्त गरे ।                                                   
    जुरे पहिरो, भूपम्प वा अन्य सन्दर्भमा आफूले सिन्धुपाल्चोकसँग जोडिन पाएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढि संवदनशील रहेको र समस्या समाधान गर्ने बताए । ‘म बेइजिङ्मा पनि कुरा गर्छु, नयाँ राजदूत आएपछि पनि कुरा गर्छु, सबै खालका रेस्ट्रिक्सन हटाइदिन पर्यो भन्छु’ उनले टोलिसँग प्रतिवद्धता व्यक्त गरे ।
    ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाल– चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा संचालन र अरनिको राजमार्गको स्तोरन्नतिका लागि अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गरिएको जानकारी दिए । उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सिमापार वाणिज्य संघका प्रतिनिधि प्रचण्ड निवास पुगेका थिए ।
    निर्वाचनका बेला तातोपानी नाका पूर्ण रुपमा दुइतर्फी खुलाउन आफूले उच्च नेतृत्वको ध्यानाकर्षण गराउने बताएका सापकोटाले यसको थालनी गरेका छन् ।
    यसैबीच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सञ्चालनका लागि आफ्नो तर्फबाट पहल जारी राख्ने बताएका छन् । नाकाबारे छलफलका लागि बुधबार भेट गरेका प्रतिनिधि तथा प्रदेश सभाका सांसद र व्यापारी व्यवसायीसँग उनले नाका खुलाउन आफ्नो पहल जारी रहने जानकारी दिएको भेटमा सहभागीले बताएका छन् ।

    मुख्य समाचार बाट थप

  • राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    समाचार
    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑