• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Tue, 14, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

बिगतलाई भुलेर गठबन्धनलाई जिताई छाड्ने सुनकोसीका पुर्व अध्यक्ष जिसीकाे उद्घाेष

बिगतलाई भुलेर गठबन्धनलाई जिताई छाड्ने सुनकोसीका पुर्व अध्यक्ष जिसीकाे उद्घाेष
मुख्य समाचार
Authorनयाँपानी खबर
October 29, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    १२ कार्तिक, थुम्पाखर

    सिन्धुपाल्चोकको सुनकोसीमा लोकतान्त्रिक वाम गठबन्धन दलले संयुक्त भेला गरेर सबै साझा उम्मेदवारलाई जिताउने प्रतिवद्दता व्यक्त गरेका छन् ।

    स्थानीय तह निर्वाचनमा एमाले माओवादीको मिलाप भएको सुनकोसीमा गठबन्धनले बिगत बिर्सेर अघि बढ्ने बताएका हुन। भेलामा मुलतः काङ्ग्रेस र माओवादीका नेता कार्यकर्ताले स्थानीय तह निर्वाचनमा मिलेर जान नसक्नुको पीडा स्मरण गर्दै त्यसलाई बिर्सेर अघि बढ्ने उद्घोष गरे ।                               

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा सुबोधले सुनकोसीमा स्थानीय तह निर्वाचनमा भएको एमालेसंगको मिलाप केन्द्रीय नीति विपरीत भएको स्विकार्दै त्यसप्रति आत्माआलोचना गर्नुको विकल्प नभएको बताए । “त्यसप्रति पार्टीको तर्फबाट म आत्माआलोचित छु” उनले भने ।

    निर्वाचित भएपछि आफूले साझा प्रतिनिधिका रूपमा काम गर्ने प्रतिवद्द्ता व्यक्त गर्दै उम्मेदवार सापकोटाले त्यसमा संका नगर्न आग्रह गरे ।                                                               

    उनले गठबन्धनका उम्मेदवारले सामान्य मतान्तरले जित्दा विपक्षीको मनोबल बढ्ने बताउदै विश्वासको वातावरण बनाएर फराकिलो मतान्तर बनाउन कार्यकर्तालाई अपिल गरे ।

    सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवण कुमार जिसिले गठबन्धनका साझा उम्मेदवार जिताउन आफूले जिम्मा लिने उद्घोष गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिसिले विगतका तितामिठा थाती राखेर गठबन्धनका उम्मेदवार जिताउने बताएका हुन।

    “गठबन्धनका उम्मेदवारलाई सुनकोसीको ७० प्रतिशत भोट खस्छ, त्यसको जिम्मेवारी म लिन्छु” उनले भने ।
    नेता भुपेन्द्र थापाले काङ्ग्रेसले ब्यक्तिको नभएर पार्टीको आदेश मान्ने बताए । उनले भने “चार गते सम्म माओवादी बनौं हसिया हतौडामा भोट हालौ, छुट्टै पार्टी हुँदा आ-आफ्नो कुरा राख्यौं, अब हामी गठबन्धनमा छौं, सबै साझा उम्मेदवारलाई जिताउनु पर्छ, जे जे भयो अब गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन।” उनले जितेर गएपछि केन्द्रमा प्रभावकारी हस्तक्षेप गर्न उम्मेदवारहरुलाई सुझाव दिए ।

    क्षेत्र नम्बर १ को प्रदेश सभा ख का प्रत्यक्ष तर्फका उम्मेदवार सरल सहयात्री पौडेलले स्थानीय स्तरसम्म गठबन्धन सहज बनेको अनुभूती सुनाउदै यो गठबन्धनलाई अरु दशकसम्म लैजानु पर्नेमा जोड दिए ।

    स्थानीयतह निर्वाचनमा सुनकोसीमा गठबन्धन हुन नसकेको विषयलाई बिर्सन आग्रह गर्दै त्यसको संस्थागत राजनीतिक क्षतीपूर्ती हुनेगरी अघि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे।

    आफूलाई माओवादी मात्र नभएर साझा उम्मेदवारका रुपमा लिन आग्रह गर्दै उनले आफ्नो कार्यकालभरी साझा प्रतिनिधि भएर काम गर्ने बताए ।

    “सडक पूर्वाधार र शिक्षाको क्षेत्रमा धेरै गर्न सकिन्छ म त्यसका लागि लाग्ने छु” उनले भने । श्रम बैंक निर्माण गरेर रोजगारीको क्षेत्रमा काम गर्न सकिने उनको भनाइ थियोे ।

    नेता भुपेन्द्र थापाले काङ्ग्रेसले ब्यक्तिको नभएर पार्टीको आदेश मान्ने बताए । उनले भने “चार गते सम्म माओवादी बनौं हसिया हतौडामा भोट हालौ, छुट्टै पार्टी हुँदा आ-आफ्नो कुरा राख्यौं, अब हामी गठबन्धनमा छौं, सबै साझा उम्मेदवारलाई जिताउनु पर्छ, जे जे भयो अब गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन।” उनले जितेर गएपछि केन्द्रमा प्रभावकारी हस्तक्षेप गर्न उम्मेदवारहरुलाई सुझाव दिए ।
    क्षेत्र नम्बर १ प्रदेश क का प्रत्यक्ष उम्मेदवार मसिना खड्का भण्डारीले कुनै इगो नराखी गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरिन । ” आज हामीले इगो राखे भोलि देशले दु:ख पाउछ” उनले कार्यकर्तालाई भनिन।

    काङ्रेसका बागमती प्रदेशका सहमहामन्त्री हरिसरण श्रेष्ठले गठबन्धनको विकल्प नरहेको धारणा राख्दै साझा उम्मेदवारलाई जिताउने प्रतिवद्द्ता व्यक्त गरे । उनले कवितात्मक शैलीमा हिजोको तितो मिठोलाई खराब सपना जस्तै मानेर बिर्सन आग्रह गरे ।

    काङ्ग्रेस सुनकोसी गाउँपालिका सभापति रुपकाजी लामाले विगतको समीक्षा सहित मिलेर अघि बढ्ने निष्कर्ष आएको बताए । कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापति जङ्ग लामा, समाजसेवी शीभ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    मुख्य समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑