• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

निरासा ताेड्दै समाजवादकाे यात्रा तय गर्छाैं : गंगा बहादुर तामाङ “प्रवेश ” अध्यक्षका उम्मेदवार माओवादी केन्द्र , बलेफी

निरासा ताेड्दै समाजवादकाे यात्रा तय गर्छाैं : गंगा बहादुर तामाङ “प्रवेश ” अध्यक्षका उम्मेदवार माओवादी केन्द्र , बलेफी
मुख्य समाचार
Authorनयाँपानी खबर
April 29, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    १६ वैशाख, नौविसे ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बलेफी गाउँपालिकाका अध्यक्ष पदका उमेदवार गंगा बहादुर तामाङ प्रवेशले पार्टीको जितले अरुले व्यवस्थाप्रति पैदा गरेको निरासता चिर्दै समाजवादको यात्रातर्फ लैजाने निश्चित भएको बताउनु भएको छ ।
    गृह गाउँपालिका बलेफीको वडा नं २ को नौविसे, माझिबस्ती, ढाँडेखोला, कामिटार, झोलंगे, भुजुंगे, बस्नेत गाउँ, फुल्पिङ, तल्लो कल्लेरी, विस्टेस्वाँरा, पौडेलगाउँ लगायतका बस्तीहरुमा आज घरदैलको क्रममा उमेदवार तामाङले सो कुरा बताउनु भएको हो । घर दैलोका क्रममा उहाँले माओवादीले पालिकाको नेतृत्व गर्ने अवस्था नहुँदा जनयुद्ध र जनआन्दोलनको संयोजनबाट भएको परिवर्तित व्यवस्था अनुसार अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्नु भयो । माओवादी बाहेक अरुले नेतृत्व परिवर्तन सम्भव नभएको र यो कुरा स्थानीय तहको पहिलो कार्यकालबाट प्रमाणित नै भइसकेको छ भन्नु भयो । उहाँले गाउँ गाउँमा विभेद सृजना गरिएकोले अरु पार्टीको नेतृत्व हुँदा पालिकाले उन्नतीको सट्टा झन अधोगति हुने निश्चित भएको तर्क गर्नु भयो ।
    युवा उमेदवार तामाङले यसपटक व्यवस्था बदल्न मुख्य भूमिका खेलेको माओवादी केन्द्रलाई विजयी गराउन सबैमा आग्रह गर्नु भयो । बलेफी गाउँपालिका भित्रका किसान, मजदुर, महिला, दलित, जनजातिलगायत सबैका पक्षमा काम गर्न र विकास निर्माणका लागि आधार तय गर्न माओवादी मात्रै सक्षम रहेको उहाँको भनाई छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो अमूल्य मत दिएर बिजयी गराए बलेफी गाउँपालिका भित्रका बासिन्दाले आफैंले आफैंलाई गर्व गर्ने अवस्था सृजना हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । उहाँले माओवादीले जिते जनमतको कदर हुने र पालिका बासीको शिर निहुरिन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यस पटक काम गरेर देखाउने अवसरको लागि पालिका बासिको अमूल्य मत सहितको न्याय हुने विश्वास व्यक्त गर्नु भयो ।
    बलेफी गाउँपालिकामा माओवादी र समाजवादीबीच गठबन्धन भएको छ। गठबन्धनबाट उपाध्यक्षमा एकिकृत समाजवादीका डिबी थापाको उमेदवारी छ । घरदैलोका क्रममा थापाले जनताको सेवामा खटिरहेको र खटिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । घरदैलोका क्रममा स्थानीय बासीले अघिल्लो पटक प्राविधिक कारण माओवादीले हार व्यहोरेको बताउँदै यस पटक माओवादीलाई जिताएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।                                                                   
    घर दैलोका क्रममा बलेफी गाउँपालिका २ का उमेदवार पुरुषोत्तम सापकोटाले वडा र पालिकामा माओवादीको जितले मात्रै विकास निर्माण सहित जनताका माग सम्बोधन गर्न सकिने अवस्था आउने छ भन्नु भयो । बलेफी २ मा अध्यक्षमा सापकोटा सहित सदस्यहरुमा यम बहादुर पौडेल, अर्जुन बहादुर भण्डारी, महिला सदस्य सावित्री माझी र दलित महिला सदस्य मिना वि क. उमेदवार रहेनु भएको छ । बलेफी गाउँ पालिका वडा नं २ माओवादीको आधार क्षेत्र रहेकोले सबैभन्दा बलियो र सशक्त अवस्थामा रहेको दावी सो पाटीको छ । कुल १ हजार ५ सय ४३ जना मतदाता रहेको सो वडामा चुनावी अभियानले जिल्लास्तरमा चर्चा पाएको छ ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑