• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Sat, 18, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

राप्रपामा राणाको तेस्रो धार

राप्रपामा राणाको तेस्रो धार
मुख्य समाचार
रामकृष्ण थापा
April 1, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चुनावी सरगर्मी बढिरहेको बेला राप्रपा सिन्धुपाल्चोकमा आन्तरिक कलह बढेको पाइएको छ । अध्यक्ष निलध्वज थापा र पूर्वअध्यक्ष गोपाल श्रेष्ठको आ–आफ्नै समुह छ । त्यसमाथि अहिले तेस्रो धार जन्मिएको छ । तेस्रो धारको नेतृत्व राणाको विश्वासपात्र कृष्ण गिरीले गरेको बताइएको छ ।
    थापा र श्रेष्ठको गतिविधि निष्क्रिय भएपछि गिरीले आफूनिकट कार्यकर्ता लिएर चुनावी प्रचारमा लागेका हुन् । उनी जिल्लाका पूर्वकोषाध्यक्ष हुन् । पशुपति शम्सेर राणालाई राजा भनेर संबोधन गर्ने गिरी राप्रपाभित्रका प्रतिवद्ध संगठक हुन् ।
    पशुपति शम्सेर राणाले आउँदो चुनावमा भोट बढाउन समुह–समुह बनाएर जिल्ला पठाएको विश्लेषण गरिएपनि राप्रपाभित्र आन्तरिक कलह चुलिएको बताइन्छ । गत निर्वाचनमा राणाले ३१ हजार मत प्राप्त गरेका थिए । कांग्रेससँग गठबन्धन गरेर ल्याएको मत कसरी सुरक्षित गर्ने भन्ने चिन्तामा राणा रहेको पाइएको छ । ‘हाम्रो मत ३० हजार हो पशुपति राजालाई यसपटक जिताउन हामी लाग्नेछौं,’ गिरीले भने । आन्तरिक गुटबन्दी र खराब कार्यकर्ताले राप्रपा बिगारेको उनको भनाइँ छ ।


    सत्ताघटक पार्टीहरुको गठबन्धन कायम रहे राणालाई यसपटक पनि चुनाव जित्न मुश्किल छ । गठबन्धनबाट कांग्रेस वा माओवादीका उम्मेदवार हुँदा राणाले एमालेसँग गठबन्धन गर्नुपर्ने हुन्छ । तर, यो सहज छैन । एमालेका नेता शेरबहादुर तामाङले राणालाई छोड्ने अवस्था छैन । माओवादी केन्द्रका नेता युवराज दुलाल मेलम्ची बाढीदेखि स्थानीयको दुःखमा साथै रहेकोले उनको क्रेज निकै बढेको छ । मेलम्ची क्षेत्रमा माओवादी पनि अरु पार्टीको हाराहारीमा पुगेको स्थानीय बताउँछन् । राप्रपा नेता गिरीले बताएअनुसार यसपटक पनि राणा नै चुनाव लड्ने तयारीमा छन् । राणाको अभियानलाई सफल पार्न गिरी भित्रभित्रै मत सर्वेक्षणमा लागेका छन् । ‘हाम्रो पार्टीबाट ‘राजा’ आफै उम्मेदवार बन्ने सम्भावना बढी छ,’ उनले भने, ‘गठबन्धन हुँदा उहाँको जित निश्चित छ ।’ राप्रपाका कार्यकर्ता छिन्नभिन्न भएकोले नयाँ र युवा पंक्तिलाई रोजगार दिएर पार्टीको अवस्था सुधार्ने उनले बताए । राणाले त्यही तयारी गर्न तेस्रो धार बनाएर गिरीलाई परिचालन गरेका हुन् । पूर्वअध्यक्ष श्रेष्ठ, जितबहादुर भारतीलगायत थुप्रै नेता र पुराना कार्यकर्तासँग राणा रुष्ट छन् । पार्टीको कामलाई भन्दा आर्थिक उपार्जनतिर लाग्ने कार्यकर्तालाई पछाडि हटाएर नयाँ संगठन बनाउने तयारी गिरीले गरेका छन् । अध्यक्ष निलध्वज थापाले पार्टीलाई भनेजसरी अगाडि बढाउन नसकेको राणाको निश्कर्षसहित गिरीले तेस्रो समुह बनाएर जिल्ला आएको बताएका छन् ।

    मुख्य समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑