• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • २ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ३सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ४इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ५मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ६हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ७उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ८नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
logo
आज:  | Tue, 05, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

स्थानीय चुनाव–०७९ सिन्धुका प्रमुख पाँच दल सक्रिय

स्थानीय चुनाव–०७९ सिन्धुका प्रमुख पाँच दल सक्रिय
मुख्य समाचार
Authorनयाँपानी खबर
March 17, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १४ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नयाँपानी खबर

    चौतारा
    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा क्रियाशील पाँच राजनीतिक दलका नेता सल्बलाउन थालेका छन् । पाँचै दलले गाउँ केन्द्रित कार्यक्रम तय गरेको पाइएको छ । नेकपा (एमाले) ले संगठन सुदृढिकरण अभियानलाई तलसम्म पु-याएको छ । उसले सबै वडामा कार्यालयसमेत स्थापना गरेको छ । संगठनको काम ५ चैतसम्म सकेर ६ गते सचिवालय बैठक बस्ने तयारी छ । चैत ७ बाट स्थानीय चुनाव केन्द्रित अभियान लिएर एमाले गाउँ छिर्दै छ । सिन्धु एमालेको १५ हजार एक सय ९२ जना पार्टी सदस्य छन् । पहिलो चुनावमा सात स्थानीय तह र ४४ वडा जितेको सबैभन्दा ठूलो दल एमाले यतिबेला विभाजनको शिकार भएको छ । नेताहरु सुभाष कर्माचार्य, केदार क्षेत्री, सोम सापकोटा, भगवती नेपालजस्ता थुप्रै नेता कार्यकर्ताले एमाले परित्याग गरेका छन् । पार्टी विभाजनले एमालेलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । तर, जिल्ला अध्यक्ष कमल नेपालले एमालेको हैसियत नखुम्चिने दाबी गरेका छन् ।                                                       

    ‘‘एमालेले स्थानीय तहको पहिलो चुनावमा सिन्धुपाल्चोकका १२ मध्ये ७ र १०३ वडामा ४४ वटा जितेको हो । पार्टी विभाजन भएपनि हामी हाम्रो हैसियत नघट्ने हिसाबले चुनावी कार्यक्रम बनाएर अगाडि जाँदैछौं । चैत ६ गते सचिवालय बैठक बसेर चुनाव केन्द्रित कार्यक्रमलाई कार्यान्वयन तहमा लान्छौं । एमालेको संगठन घटेको छैन ।’’ कमल नेपाल, अध्यक्ष, नेकपा (एमाले)

    तीन स्थानीय तह र ३७ वडा जितेको नेपाली काँग्रेसको अवस्थामा सुधार आएको देखिन्छ । १४ औं अधिवेशन गरेर नयाँ जिल्ला कार्यसमितिसमेत आएको अवस्थामा नेपाली काँग्रेसको अवस्था के हुन्छ भन्ने विश्लेषण अहिले नै गर्दा छिटो र सतही हुनजान्छ । नवनिर्वाचित जिल्ला सभापति जंगबहादुर तामाङले काँग्रेसको मत बढेको दाबी गरेका छन् । नेपाली काँग्रेसभित्र संस्थापन पक्ष गठबन्धन बनाएर चुनावमा जानुपर्छ भन्ने मत राख्छ भने कोइराला पक्ष एक्लै लड्नुपर्ने बताउँदै आएको छ । सिन्धु काँग्रेस संस्थापन पक्षको अखडा हो । तर, सभापति जंगबहादुर भने चुनाव एक्लै लड्ने रणनीति बनाइरहेका छन् । प्रदेश र संघको चुनावमा गठबन्धन भएपनि स्थानीय चुनावमा काँग्रेस एक्लै लड्ने उनले बताए । नेपाली काँग्रेसको पनि १५ हजार क्रियाशील सदस्य छन् । नेपाली काँग्रेस गाउँ जागरण अभियान लिएर अघि बढेको छ ।           

    ‘‘नेपाली काँग्रेस एक्लै लड्छ । स्थानीय चुनावमा कसैसँग गठबन्धन हुँदैन । पार्टीभित्रका गुटउपगुट अन्त्य गरेर एकताबद्ध भएर अगाडि बढ्दा काँग्रसको सिट बढ्छ । हामीले भर्खरै नयाँ नेतृत्व निर्वाचित गरेकोले हाम्रो टिम उर्जाशील छ । एकमतका साथ अगाडि बढ्दा तीनै तहको चुनावमा काँग्रेसलाई शानदार विजयी बनाउने हो ।’’ जंगबहादुर तामाङ, सभापति, नेपाली काँग्रेस

    पहिलो चुनावमा दुई स्थानीय तह र २० वडा जितेको माओवादी केन्द्र पनि एक्लै चुनाव जित्ने रणनीतिमा छ । सदस्य संख्याको हिसाबले माओवादी जिल्लाको सबैभन्दा ठूलो दल हो । उसको दाबी अनुसार अनलाइनमै रेकर्ड पार्टी सदस्य संख्या १७ हजार आठ सय ९१ छन् । भोटेकोसी र चौतारामा माओवादीको अवस्था मजबुत छ । पहिलो चुनावमा दोस्रो मत ल्याएको लिसंखुपाखर र बलेफी अहिले पहिलो स्थानमा रहेको बताइएको छ । यता जुगल गाउँपालिका माओवादीको किल्लाको रुपमा रहेको माओवादीको दाबी छ । पहिलो चुनावमा अनुभव नभएकोले पनि माओवादी पछाडि परेको थियो । यसपटक माओवादीको अवस्था धेरै सुध्रिएको छ । पाँचपोखरी थांपाल र इन्द्रावती गाउँपालिकामा माओवादी बलियो भएको छ । चुनावी अभियान लिएर माओवादी गाउँ पुगिसकेको छ ।                                                       

    ‘‘हाम्रो पार्टीले स्थानीय चुनावको तयारी थालेको छ । हामी गठबन्धन गरेर जाँदैनौं । किनभने सिन्धुपाल्चोक क्रान्तिकारीहरुको किल्ला हो । यहाँका जनताले जनयुद्ध र जनआन्दोलनमा ठूलो बलिदान र योगदान गरेका छन् । माओवादी केन्द्रले यसपटक आधा सिट जित्छ । १२ स्थानीय तहमा ६ र १०३ वडामा ५० । हाम्रो यो तयारीलाई पूरा गर्ने संकल्पमा सबै एकाकार भएर जाने अभियान बनाएका छौं ।’’
    गोविन्द पराजुली अविनाश, संयोजक, माओवादी केन्द्र

    जनाधारको हिसाबले राम्रै उपस्थिति रहेको राप्रपाको पछिल्लो अवस्था केही सुध्रिएको पार्टी अध्यक्ष निलध्वज थापाले बताएका छन् । पाँचपोखरी, मेलम्ची, चौतारा र अन्य केही स्थानमा राप्रपाको अवस्था राम्रो छ । एक्लै चुनाव लड्दा जित्न कठिन भएपनि गठबन्धन गर्दा राप्रपा निर्णायक शक्ति हुनसक्छ । राप्रपा चुनाव केन्द्रित अभियान लिएर गाउँ जाने तयारी गर्दैछ ।

    ‘‘हामी सशक्त तयारी गरिरहेका छौं । सिन्धुपाल्चोकमा राप्रपाको जनाधार निकै राम्रो छ । यद्यपि, यसलाई संगठित बनाएर जाने कुरामा हामी बिगतमा चुक्यौं । तर, अब हामीले समीक्षा गरिसकेका छौं । स्थानीय तह चुनावमा कमसेकम एक्लैले १२ मा एक स्थानीय तह र कम्तीमा ७ वटा वडा जित्ने तयारी छ । गठबन्धन गर्दा त्यो भन्दा बढी हुनसक्छ । मेलम्ची र चौतारासाँगाचोकगढी नगरपालिकामा गठबन्धन गरेर जाने तयारी छ । गठबन्धनमा रहँदा प्रमुख दिए प्रमुख नभए उपप्रमुख लिएर चुनावी मैदानमा जाने हाम्रो तयारी छ । हामी पहिलाभन्दा बढी सिट ल्याउने रणनीतिमा छौं ।’’ निलध्वज थापा, अध्यक्ष, राप्रपा

    एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीको अवस्था दिनदिनै सुधारोन्मुख छ । एस पार्टी चुनावी गठबन्धनको तयारीमा छ । चौतारा, मेलम्ची, इन्द्रावती, जुगल र भोटेकोसीमा संगठनको अवस्था बलियो छ । संगठन विस्तारलाई व्यापक बनाएको एसले चुनावी तालमेललाई केन्द्रमा राखेर छलफललाई अगाडि बढाएको छ ।                   

    ‘‘हाम्रो पार्टी नयाँ भएकोले संगठन बनाउने र यसको शक्ति आर्जनमा हामी क्रियाशील छौं । सकेसम्म हालका सत्ता साझेदार दलसँगको गठबन्धन मिलाएर जाने हुन्छ । यदि त्यसो नहुँदा पनि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुनसक्छ । हामी अहिले नै यति जित्छौं भन्दैनौं । तर, हाम्रो उपस्थिति अन्य पार्टीभन्दा कम हुँदैन । संगठन विस्तारको कामलाई तलसम्म लगेका छौं । हामी विश्वस्त छौं कि परिणाम राम्रो आउँछ । सबै नराम्रो प्रवृत्तिविरुद्ध एकीकृत समाजवादी जुध्छ ।’’ सोम सापकोटा, केन्द्रीय सदस्य, एकीकृत समाजवादी

    मुख्य समाचार बाट थप

  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    समाचार
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑