• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास
  • २मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु
  • ३मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण
  • ४पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न
  • ५तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई
  • ६विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
  • ७मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द
  • ८२०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
logo
आज:  | Sat, 01, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सामाजिक अभियानसँगै राजनीतिमा उदाएका पासाङ नोर्बु

सामाजिक अभियानसँगै राजनीतिमा उदाएका पासाङ नोर्बु
मुख्य समाचार
Authorनयाँपानी खबर
March 15, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नयाँपानीखबर, बाह्रबिसे
    राजनीति र सामाजिक कामलाई मानिसले फरकफरक रुपमा बुझ्छन् । तर, यी दुई पक्ष मानव सभ्यताको कसीमा एकै हुन् । समाजसेवा गर्नु भनेकै राजनीति हो । हाम्रो मुलुकको राजनीति केही बिग्रिएकोले समाजमा यसप्रति निन्दा गरिँदै आएको छ । यद्यपि, राजनीति सेवाबाहेक अरु केही होइन ।
    राजनीति र सामाजिक क्षेत्रलाई एकसाथ जोडेर उदाहरण प्रस्तुत गर्ने मानिस टाढा खोज्नुजानै पर्दैन । काम गरे के हुँदैन भन्ने उदाहरण भोटेकोसी गाउँपालिका– ५, निवासी युवा पासाङ नोर्बु लामाले प्रस्तुत गरेका छन् । पासाङ नोर्बु लामा साधारण किसानका छोरा हुन् । २०५६ देखि २०६४ सम्म उनी १० वर्षे जनयुद्धमा सामेल भए । शान्ति प्रक्रियापछि उनले विभिन्न व्यवसाय सुरु गरे । ०६५ बाट लामा नेपाली काँग्रेसमा आबद्ध भएर काम गर्न थाले । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सिन्धुपाल्चोबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि र हालै सम्पन्न जिल्ला अधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएका छन् । ‘सामाजिक सेवा र राजनीति एकापसमा जोडिएको हुन्छ,’ लामाले भने, ‘अन्ततः जे गरे पनि समाजका लागि काम गर्नुपर्छ ।’
    प्राकृतिक विपत्ति र मानवीय कार्यमा उनले आजसम्म लाखौं रुपैयाँ खर्चिसकेका छन् । आफ्नो व्यवसायबाट आर्जन गरेको निजी रकम खर्चेर उनले खाद्यान्न, स्वास्थ्य सामग्री, विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न रोगबाट पीडितको उपचार गर्ने गरेका छन् । बाढीपहिरो जाँदा उनले निजी रकमले हेलिकोप्टर चार्टर गरेर धेरैको उद्धार गरेका छन् । दैनिक पाँच हेलिकोप्टरसम्म चार्टर गरेर मानिसको ज्यान बचाएको उनको अनुभव छ । ‘सानैदेखि दुःखमा साथ दिने स्वभावको थिएँ,’ उनले भने । ०७१ साउन १७ गते जुरेमा पहिरो गयो । त्यतिबेला पनि उनले मानवीय सहयोग गरे । त्यसपछि उनको सामाजिक र मानवीय सेवाको काम सुरु भयो ०७२ वैशाख १२ को महाभूकम्पपछि ।
    भूकम्पको बेला लामाले सिन्धुपाल्चोकको भोटेकोसी र बाह्रबिसे क्षेत्रमा खाद्यान्न सहयोग गरे । कोरोना महाव्याधीको समयमा भएको लकडाउनमा उसैगरी धेरै विपन्नलाई घरघरमा खाद्यान्न पु¥याए । बाह्रबिसेको जम्बु, नागपुजे, भोटेकोसी, जुगलको लिदी र मेलम्चीमा आएको बाढीपहिरोको विपत्तिमा लामा निकै सक्रिय भएर उद्धार र राहतमा खटिएका थिए । भोटेकोसी बाढीपहिरोमा परेर घाइते भएकालाई काठमाडौको ह्याम्स अस्पताल लगेर सात लाख खर्च गरेर बचाए । घाइतेलाई हेलिकोप्टरमा उद्धार गरे । यतिमात्रै होइन लामाले क्यान्सर, मृगौला र दीर्घरोगी दर्जनौंलाई आर्थिक सहयोग गरेका छन् । लामाले निजी खर्चमा लिस्तीको साबुखानी र गोल्चीमा मोटरबाटो निर्माण गरे । उनले दोस्रो लकडाउनका बेला देशैभर स्वास्थ्य र खाद्यान्न सहयोग गरे । उनी न्यानोपन नेपाल संस्थाका महासचिव पनि हुन् । क्याप्टेन विजय लामा र उनको संयुक्त प्रयासमा थुप्रै मानवीय सहायताका काम सम्पन्न भएका छन् । मानिस यस्तै काम गरेर लोकप्रिय हुने हो । ‘मैले थुप्रै काम गरेको छु तर प्रचारमा आउन चाहिन । मुख्य कुरा काम गर्ने हो,’ उनले भने । समाजमा लामाजस्तै थुप्रै पात्र छन् । यस्ता पात्रलाई समाजले राजनीतिमा स्पेश दिए केही हुनसक्छ । राजनीतिलाई सेवामुलक बनाउन र सामाजिक कामलाई पारदर्शी बनाउन सबैले मिलेर काम गर्नुपर्ने उनको धारणा छ ।

    मुख्य समाचार बाट थप

  • मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास
  • मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु
  • मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण
  • पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास

    मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास

    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

    तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

    समाचार
    मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास

    मेलम्ची खाल्डेखोला खण्ड सडकको शिलान्यास

    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑