• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Wed, 15, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

तपाँईहरु संग जोडिँदै गर्दा ……………..

तपाँईहरु संग जोडिँदै गर्दा ……………..
नयाँपानी खबर
बुद्धि प्रसाद आचार्य
October 5, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    जीवनमा सोचेका,सम्झेका, कल्पना गरेका आशा र लक्ष्यहरु अनि निदाएर वा अनिदै देखिएका तमाम सपनाहरु पुरा नहुनु वा गर्न नसक्नुको अर्को नाम नै जीन्दगी रहेछ शायद । पचासको दशकको शुरुवात तिरैको मध्य बर्खामा चलनचल्तीका मुख्य बिषय र ऐच्छिक बिषयमा संस्कृतबाट एसएलसी पास गरेको प्रमाण–पत्र बोकेर एउटा सत्र अठारको ठिटो लुखुरलुखुर केहि सपनाका पोकाहरु बोकेर सपनै सपनाको शहर काठमाण्डौ फदालेको थियो । मुख्य उदेश्य डिग्री हाँसिल नै थियो तर वरीपरी केहि बाध्यताका र केहि रहरका स–साना आशा र सपनाका चाङहरु छरपस्ट थिए । लाग्थ्यो ती स–साना झारपातले मुख्य उद्देश्यलाई छोप्ने र उछिन्ने प्रयास गरिरहेका थिए । बिहान बेलुकाको दुई छाकको ब्यबस्था गर्नु थियो । महिनाको मसान्त सम्ममा घरबेटीको भाडा तयार पार्नु थियो । लोकल गाडीमा सवारी गर्न दुइचार पैसाको जोहो गर्नु थियो । क्याम्पस फि, ड्रेस, किताबकपी, कलम लगायत त झनै अनिवार्य भइहाले । ठिटो केटो त्यतीले मात्रै पनि पुर्ण भएको महशुस हुने कुरा भएन आफु जस्तै सानी, राम्री गर्लफ्रेण्ड बनाउन पाए र हात समातेर फिल्महलतिर माया पिरतीको नयाँ फिल्म हेर्नजान पाएनी हुन्थ्यो झै त लागी हाल्थ्यो । र यी सबै बाध्यता र इच्छा पुरा गरेपछि केहि रकम जगेडा राख्न सकियो भने दशैंमा घर जाँदा आमाका केहि लत्ताकपडा फेरिदिने रहर पनि कायमै थियो ।
    यस्तै यस्तै परिस्थितिका बिचमा अलिअलि नाम पनि कमाउनुपर्छ भन्ने अतृप्त इच्छा थियो । हरेकदिन बिहान चाबहिल चोकको गोपालदाइको पसलमा एक डेढ घण्टा उभिएरै सबै पत्रिका सरसर्ती पढिसक्थें । पत्रिकामा मेरो पनि नाम आए कस्तो मज्जा हुन्थ्यो जस्तो लाग्थ्यो । रेडियोमा नाम आओस भनेर चिठी नै बोकेर कहिले रुपा बिमललाई भेट्न क्लासिक एफएम, कहिले नारायण श्रेष्ठको कार्यक्रमलाई पत्र बोकेर सगरमाथा एफएम त कहिले रेशम चौधरीको कार्यक्रमलाई पत्र लिएर एचबिसी एफएमतिर साइकल चढेर हुँइकिइन्थ्यो । शायद त्यस्तै अतृप्त इच्छा सपनाले होला पचासको दशकको आधा आधीदेखी २०६३ साल सम्म आईपुग्दा थोरै थोरै समय एउटा मासिक पत्रिकाको प्रकाशक, दुइवटा साप्ताहिकको सम्पादक, केहि स–साना साप्ताहिकमा नियमित स्तम्भ लेखनको अवसर मिल्यो भने टाइम्स एफएम, रेडियो सिटी, इसिआर एफएम, मेट्रो एफएम र रेडियो उपत्यकामा बिभिन्न जिम्मेवारीमा जोडिने अवसर जुट्यो ।
    त्यसपछि एकपटक जीन्दगीलाई फर्केर हेरियो । शहरले निल्दै ओकल्दै गरेको पनि करिब १२÷१३ बर्ष भइसकेछ । उमेरले तीस टेकीसकेको थियो । डिग्री हाँसिल गर्न हिडेको केटो बल्ल बल्ल स्नातक सकेर अल्मलिएको थियो । गाँउको गुमनाम केटो अलि अलि त शहरले चिन्न थालेको रहेछ तर त्यो अलिअलि चिनिएको नामको थाप्लोमा एकाध बण्डल कर्जा थपिएको थियो । न भारी बिसाउने चौतारी न जीवन बिसाउने जीवनसंगीनी । बेला बेलामा कोही कोही आउने चियाउने र आफ्नो बाटो लाग्ने क्रम त थियो नै । अनि जीन्दगीले भन्यो भाई निष्कर्ष भातै हो । जीवन एक्लै काट्न त्यति सजिलो छैन । जीन्दगीले भनेपछि नमान्ने कुरै भएन । एक्लै जीन्दगीको रथ चल्नेवाला थिएन, दरिलो साथी खोजियो । नाम पुरेतले राखिदिएकै छन भनेर भातको जोहोमा लागियो र करिब दश बर्षको अथक दौडाइ पछि लाग्यो अब सामान्य गाँउको दालभात बेसाएर भएपनि खान सकिन्छ ।
    शायद साथीभाई छोड्न नसकेर हो वा पुरानो बेथा बल्झिएर हो करिब ४÷५ बर्षदेखी सिन्धुपाल्चोकबाट नयाँपानी सन्देश साप्ताहिक मार्फत लड्दै, चिप्लदै, उठ्दै र घस्रदै तपाँइहरुसंग जोडिने अथक प्रयासमा छौं । र, आजबाट नयाँपानी खबर मार्फत पनि यहाँहरुको स्क्रिनमा जोडिन लागेका छौं । यहाँहरुको अमुल्य सुझाव, सहयोग र सद्भावले हामीलाई मार्गदर्शन गर्नुहुनेछ भन्ने आशा र अपेक्षासहित बिजया दशमी तथा शुभ–दिपावलीको सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑